विशाल सहकारीको सभा

समाधान संवाददाता २०८१ कार्तिक १३ गते १५:०५

पोखरा ।
पोखरा ४ बुद्धविशाल बजारभित्र अवस्थित विशाल बचत तथा ऋण सहकारीको २५ औं साधारणसभा शनिबार भएको छ । कार्यक्रममा जिल्ला सहकारी संघकी अध्यक्ष सावित्रा कोइरालाले विशाल सहकारी गण्डकी प्रदेशकै नमुना सहकारी भएकोले यसको सिको अरुले गर्नुपर्नेमा जोड दिइन् ।

Advertisement


सभाले अध्यक्ष शिव शर्मा, कोषाध्यक्ष ईन्द्रराज अर्याल, लेखा सुपरिवेक्षण समितिका संयोजक रामकृष्ण दुवाडी र प्रमुख कार्यकारी अधिकृत सुदीप ढकालले प्रस्तुत गरेका विभिन्न प्रतिवेदनहरु पारित गरेको छ । संस्थाका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले आगामी दिनमा अझ असल अभ्यासहरु अवलम्बन गर्दै अघि बढ्न आग्रह गरे ।


सहकारीका अध्यक्ष शिव शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष मीनराज तिमिल्सिना, पोखरा महानगर सहकारी समिति अध्यक्ष रविरमण तिवारी, राष्ट्रिय सहकारी बैंकका गण्डकी प्रदेश प्रमुख नरेश पाण्डे, संस्थाका सचिव प्रदीपकुमार मुल्मी, रमादेवी ढकाल र उपाध्यक्ष बालकृष्ण ढकालले बोलेका थिए ।


सभामा उत्कृष्ट कारोबार गर्ने सदस्य, ज्येष्ठ सदस्य, प्लस टु, स्नातक, स्नाकोत्तर तहमा उत्कृष्ट अंक ल्याउने सदस्य, बाल बचतकर्ता, उत्कृष्ट कर्मचारी लगायतलाई सम्मान गरिएको थियो । सो अवसमार सहभागीबिच तिहार, नेपाल संवत् ११४५ र छठ पर्वको शुभकामना आदानप्रदानसमेत भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया