गण्डकीका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, मुख्यमन्त्रीले थपे ३ तोला सुन र २ सय तोला चाँदी

समाधान संवाददाता २०८१ कार्तिक १४ गते ७:२७
फाइल तस्बिर

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक भएको छ । कात्तिक १२ गते सोमबार बसेको मन्त्रिपरिषद् बैकको निर्णय अनुसार उनीहरुको सम्पति विवरण सार्वजनिक गरिएको हो ।

Advertisement

सरकारका निर्णय र गतिविधि सार्वजनिक गर्नका लागि आर्थिक मामिला मन्त्री टकराज गुरुङलाई प्रवक्ता तोकिएको छ । जेठ १६ गते सुरेन्द्रराज पाण्डे नेतृत्वमा गठित सरकारका प्रवक्ताले अहिलेसम्म एक पटक पनि पत्रकार सम्मेलन गरेका छैनन् । मुख्यमन्त्री पाण्डेले भने २ पटक पत्रकार सम्मेलन गरेका छन् । सरकारको यो निर्णय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट मार्फत् सार्वजनिक गरिएको छ ।

जसमा जेठ १६ मा नियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरु, भदौ १७ मा नियुक्त एमालेका मन्त्री अनि पछिल्लो पटक कात्तिक ५ गते वन मन्त्रीमा नियुक्त भेषबहादुर पौडेल समेतको सम्पति विवरण समावेश गरिएको छ ।

भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनले मन्त्रीहहरुको सम्पति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । गण्डकी प्रदेश सरकारले आफैले आचारसंहिता बनाएर मन्त्रिपरिषदका सदस्यले नियुक्त भएको ६० दिनभित्र सम्पति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान राखेको थियो । तर आफैले बनाएको आचारसंहिता सरकारले बारम्बार कुल्चिँदै आएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग गोरखासहित, काठमाडौं, भक्तपुर र कपिलवस्तुमा पैतृक जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनको गोरखामा ५ रोपनी १० आना १ दाम जग्गा र घर छ । त्यसबाहेक ३५ रोपनीभन्दा बढी जग्गा छ । काठमाडौं महानगरपालिका ३ मा २ सय १२ वर्गमिटरमा घर छ । भक्तपुर र कपिलवस्तुमा पनि उनको जग्गा छ ।

Advertisement

मुख्यमन्त्री पाण्डे व्यवसायमा पनि संलग्न छन् । दियालो फुडल्यान्ड प्रालिमा उनको ६१ हजार १ सय कित्ता सेयर छ । पत्नी बिना, छोरा सुयोग्य र आफ्नो नाममा गरी विभिन्न बैंक तथा वित्तीय संस्थामा १४ हजार कित्ता सेयर छ ।

मुख्यमन्त्री पाण्डेले अघिल्लो कार्यकालमा भन्दा यसपालि ३ तोला सुन बढी देखाएका छन् । पहिला ४२ तोला सुन र ५ सय तोला चाँदी उल्लेख गरेकामा अहिले ४५ तोला सुन र ७ सय तोला चाँदी रहेको उल्लेख गरेका छन् । २ सेट हिरा र १ सेट मोती क्रमश जग्गा बेचेर र तलबबाट किनेको उल्लेख छ ।

व्यवसाय, तलब र जग्गा बिक्रीबाट एभरेस्ट बैंकमा २७ लाख ६६ हजार मौज्दात छ । पत्नी बिनाको नाममा प्रभु र ग्लोबल आइएमइ बैंकमा ७० लाखभन्दा बढी रकम छ । जुन तलब तथा उपदानको हो । छोरा सुयोग्यराज पाण्डेको ग्लोबल आइएमई बैंकमा ४ लाख ७८ हजार बैंक मौज्दात छ । जुन बिमा रकम फिर्ताबाट आएको उल्लेख छ ।

अघिल्लो पटक पत्नीका नाममा ६२ लाख रुपैयाँ ऋणमा कार खरिद देखाएका मुख्यमन्त्रीले अहिले ऋण देखाएका छैनन् । पत्नीका नामा मारुती बलेनो कार देखाइएको छ । मुख्यमन्त्री पाण्डेले राष्ट्रिय वाणिज्य बैंकमा ओभर ड्राफ्ट रहेको ५० लाखमध्ये २३ लाख निकालेको विवरण यसपालि राखेका छैनन् ।

मुख्यमन्त्री पाण्डेसँग टिभी २, फ्रिज २, वासिङ मेसिन १, डिसवासर १, माइक्रोओभन २, ल्यापटप २ र मोडुलर किचनसहित पूर्ण फर्निसिङ घर छ ।

हेर्नुहोस मुख्यमन्त्रीको सम्पत्ति

सबै मन्त्रीको सम्पत्ति विवरणका लागि नाममा क्लिक गर्नुहोला

पद्मा जिसी श्रेष्ठ

बिन्दुकुमार थापा

डा टकराज गुरुङ

कृष्णप्रसाद पाठक

मित्रलाल बस्याल

फणिन्द्र देवकोटा

भेषबहादुर पौडैल

प्रकाशबहादुर केसी

तपाईको प्रतिक्रिया