‘गुञ्जन’को पोखरामा शुभमूर्हत

समाधान संवाददाता
पोखरा
नेपाली चलचित्र गुञ्जनको शुभमूर्हत भएको छ । पोखराको विन्ध्यवासिनी मन्दिरमा चलचित्र गुञ्जनको मंगलबार शुभमूर्हत भएको हो । चलचित्रको छायांकन पोखरामा सुरु भएको छ । उक्त चलचित्रको ९० प्रतिशत छायांकन पोखरामा हुने र बाँकी काठमाडौंमा गरिने निर्माण युनिटले जानकारी दिएको छ ।
एएच इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई अष्टमान महर्जनले निर्देशन गर्ने भएका छन् । चर्चित द्वन्द्व निर्देशक अष्टमान महर्जनले चलचित्र गुञ्जनबाट निर्देशनमा डेब्यू गर्ने भएका हुन् ।
प्रेम कथामा आधारित रहेको चलचित्र गुञ्जनलाई सुनीता शाहीले निर्माण गरेकी हुन् भने हीराकृष्ण शाहीले प्रस्तुत गरेका हुन् । उक्त चलचित्रलाई चर्चित छायाँकार राजेश श्रेष्ठले छायांकन गर्ने छन् ।
महेश दवाडीको कथा, पटकथा र संवाद रहेको चलचित्र गुञ्जनमा कविराज गहतराजको कोरियोग्राफी, अर्जुन पोख्रेल र कल्याण सिंहको संगीत रहेको छ भने अस्मिता अधिकारी, निशान भट्टराई र बनिका प्रधानले उक्त चलचित्रको गीतमा स्वर भरेका छन् ।
चलचित्रमा सरोज खनाल, हिउवाला गौतम, सारा सिरपाली, प्रीतमराज सेञ्चुरी, रोहन शाही, कविर खड्का लगायतको मुख्य अभिनय रहने छ । प्रितमराज सेञ्चुरीले चलचित्र गुञ्जनबाट डेब्यू गर्न लागेका हुन् । रिलिज मिति तय नभएता पनि निर्माण युनिटले चलचित्रलाई फागुनमा प्रदर्शन गर्ने तयारी छ ।








भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया