रवि लामिछानेलाई म्याद थप्न लैजाँदा रास्वपाको प्रदर्शन, भिड नियन्त्रण गर्न अश्रु ग्यास प्रहार

पोखरा । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदशर्नमा उत्रिएका कार्यकर्तामाथि पोखरामा मंगलबार अश्रुग्यास हानेको छ ।
जिरोकिलोमिटरबाट रत्नचोक हुँदै वाइ चोकमा पुगेर निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले रक्षात्मक अवस्थामा पुगेको हो । त्यहि बेलामा ४ सेल अश्रुग्यास प्रहार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने र उनका व्यावसायिक साझेदार छविलाल जोशीलाई म्याद थपका लागि आज जिल्ला अदालत कास्की लगिएको छ ।
असोज ६ देखि हिरासतमा रहेका जोशी र कात्तिक २ मा पक्राउन परेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरिएको थियो । कात्तिक १४ मा म्याद सकिए पनि तिहार बिदाका कारण बीचको अवधिमा उनलाई अदालत लगिएको थिएन ।
पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा हिरासतमा रहेका लामिछाने र जोशीसँगै लीला पछाईं र रामबहादुर खनाललाई म्याद थपका लागि अदालतमा उपस्थित गराइने भएको छ । पछाईंको खातामा सूर्यदर्शन सहकारीबाट ३ करोड रुपैयाँ जम्मा भएको देखिएको छ । तनहुँका खनाल जिबी समूहले सञ्चालन गरेको नेटवर्किङ व्यवसाय नेचर हब्र्सका सञ्चालक हुन् ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया