पोखराका मेयर उपमेयर विदेश भ्रमणमा, वडाध्यक्ष तिमिल्सिनालाई दोस्रोपटक कार्यवाहक

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङ अहिले विदेशमा छन् । दुवै जनाको अनुपस्थितिमा पोखरा २५ का वडाध्यक्ष एवं महानगरका प्रवक्त माेतिा तिमिल्सिनाले कार्यवाहक पाएका छन् । उनले कार्यवाहक पाएको यो दोस्रो पटक हो । यसअघि २०८० वैशाख ८ मा १ साताका लागि उनले कार्यवाहककाे जिम्मा पाएका हुन् ।
तिमिल्सिना समेत लामै समय अमेरिका बसेर हालैमात्र पोखरा फर्केका हुन् ।
मेयर आचार्य संयुक्त राष्ट्र संघ मानव बसोबास कार्यक्रमद्वारा आयोजित र एशियाली विकास बैंकको निमन्त्रणामा “दिगो शहरी विकास र मानव बसोबाससम्बन्धी विश्वव्यापी छलफल” कार्यक्रममा बक्ताका रुपमा भाग लिन म तिहारको टीकाको दिन इजिप्टको राजधानी कायरो गएका हुन् । संयुक्त राष्ट्र संघ मानव बसोबास कार्यक्रम र अरब गणराज्य इजिप्ट सरकारको संयुक्त आयोजनामा यो कार्यक्रम सम्पन्न हुँदैछ।
उपमेयर मञ्जदेवी गुरुङ कात्तिक ११ गते पारिवारिक भेटघाटका लागि साइप्रस गएकी छन् । तिहार उतै मनाएको तस्बिर उनले फेसबुकबाट सार्वजनिक गरेकी छन् ।
मेयर आचार्य कार्यपालिकाको बैठक सकेर विदेश गएका हुन् । बैठकले करारका कर्मचारी हटाउने निर्णय गरेपछि त्यसमा एमालेले विरोध गर्दै आएको छ । समयमा खबर नभएको र एकपक्षीय निर्णय हुन लागेको भन्दै कार्यपालिका बैठकमा एमालेका प्रतिनिधि सहभागी भएका थिएनन् ।
कार्यपालिकाका बैठकका निर्णय नमान्ने भन्दै एमालेले मंगलबार महानगरपालिकाको कार्यालयमा विरोध प्रदर्शन समेत गरेको छ ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया