शान्तीस्तुपामा बस दुर्घटना, २ जना घाइते

समाधान संवाददाता २०८१ कार्तिक २२ गते १३:५७

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २२ शान्तीस्तुपा नजिकै बिहीबार दिउँसो साढे १२ बजे बस दुर्घटना भएको छ । पुम्दीकोटबाट छोरेपाटनतर्फ आउँदै गरेको नव युग डान्स क्लव दाङबाट भ्रमणको लागि आएको रा १ ख २१०६ नं को मिनी बस दुर्घटना भएको हो ।

Advertisement


चालकले नियन्त्रण गुमाई बस सडक छेउमा रहेको तिदुको रुखमा अड्किएको प्रहरीले बताएको छ ।


दुर्घटनामा परि २ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । दाङ तुल्सीपुर उपमहानगरपालिकाका १७ वर्षीया सन्ध्या रसाईली र १९ वर्षीया मनिषा रसाईली घाइते भएका हुन् । घाइतेलाई उपचारको लागि नमस्ते अस्पताल बिरौटा पठाईएको छ । बसमा ७ जना महिला र १७ जना पुरुष गरी २४ जना सवार थिए ।

तपाईको प्रतिक्रिया