‘कोमात्सु पिसी २०५-१०एमओ’ पोखरामा सार्वजनिक

पोखरा ।
जापानको विश्वविख्यात कम्पनी कोमात्सुले आफ्नो नयाँ उत्पादन ‘कोमात्सु पिसी २०५—१०एमओ’ नेपालमा सार्वजनिक गरेको छ । कोमात्सुले भारतमा सन् २०२३ मा सार्वजनिक गरेको मेसिनमा नेपालमाचाहिँ पोखराबाट बजारमा बिक्री सुरुआत गरेको हो ।
कोमात्सु इन्डियाका एमडी यासुनोरी फुजी, महेश मुरलीधरन, कोमात्सुको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ग्रुपका अध्यक्ष सुहृदराज घिमिरे र कोमात्सुका लागि गण्डकीको बिक्रेता अटोवेज प्रालिका अध्यक्ष नारायण पौडेलले उक्त मेसिन बिहीबार पोखरामा सार्वजनिक गरे ।
‘कोमात्सु पिसी २१०—१०एमओ’ निर्माण क्षेत्रमा उपयोगी मेसिन हो । यो मेसिनको मूल्य १ करोड १५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
कोमात्सु इन्डियाका महेश मुरलीधरनले यो मेसिन भारतमा एक वर्षमा ५०० वटा बिक्री भइसकेको जानकारी दिए । उनले यो मेसिन सुरुआती थोरै लगानीको तर धेरै प्रभावकारी भएको पनि सुनाए । मेसिन इन्धन किफायतीसमेत रहेको उनको भनाइ थियो ।
कोमात्सु इन्डियाका एमडी यासुनोरी फुजीले आफ्नो उत्पादनका प्रयोगकर्ता नै आफूहरुलाई अग्रपंक्तिमा र सधै प्राथमिकतामा रहेको जानकारी गराए । ‘उहाँहरुलाई सहयोग र सेवा हामी हाम्रो धर्म सम्झन्छौं,’ उनले भने । मेसिन भारतमा बने पनि सबै सामान जापानबाट ल्याइने जानकारी सानले दिए ।
कन्टिनेन्टल ग्रुपका अध्यक्ष सुहृदराज घिमिरेले ३५ वर्षअघि वर्षमा २/४ वटा पनि बिक्री गर्न गाह्रो हुने कोमात्सुका मेसिनहरुको गुणस्तर प्रयोगकर्ताले थाहा पाइसकेपछि माग नै धान्न गाह्रो भएको अनुभव साटे । उनले सुरुमा सस्तो पर्ने मेसिन टिकाउ नहुने र झन् बढी खर्च ल्याउने हुँदा कोमात्सुका गुणस्तरीय मेसिन प्रयोग गरे वर्षाैं वर्ष टिक्ने बताए । कोमात्सुका मेसिन ३० हजार घन्टा चलेपछि मात्रै पूरै मर्मत गर्नुपर्ने र सधैं शुद्ध इन्धन तथा लुब्रिकेन्ट प्रयोग गर्नुपर्ने जानकारी दिए ।
अटोवेज प्रालि पोखराका अध्यक्ष नारायण पौडेलले कोमात्सुले नयाँ उत्पादन सार्वजनिक गर्न पोखरा रोज्नु गर्वको कुरा भएको विचार राखे । कोमात्सुका उत्पादन सबै हिसाबले गुणस्तरीय र उत्कृष्ट रहेको उनको भनाइ थियो । ‘कोमात्सुका मेसिनमा २५/३० वर्षसम्म पनि कुनै समस्या आउँदैनन्,’ उनले भने ।










ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया