मुस्ताङ पुगे काठमाडौंका मेयर बालेन

जोमसोम । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मुक्तिनाथ दर्शन गरेका छन् । सडक मार्ग हुँदै शुक्रबार मुस्ताङ आईपुगेका मेयर शाहले शनिबार बिहान मुक्तिनाथ मन्दिर दर्शन गरेका हुन् ।
मेयर शाह एक स्वकीय सचिवलाई साथमा लिएर काठमाडौंदेखि आफैं सवारी चलाएर अनौपचारिक भ्रमणमा मुस्ताङ आइपुगेका थिए । मेयर शाहले बिहान करिब १० बजेतिर मुक्तिनाथ दर्शन गरेको पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । ‘काठमान्डौं महानगरपालिकाका मेयर सा’प यहाँ आउनु भएको थियो । उहाँले १०८ धारामा स्नान गरी टीका र आशीर्वाद ग्रहण गर्नुभयो,’ मन्दिरका पुजारी सुवेदीले भने ।
मुस्ताङका कुनै स्थानीय तह र सरकारी कार्यालयलाई जानकारी नदिई आएका शाहले मुक्तिनाथ मन्दिर दर्शन गरी फर्किँदा वारागुङ मुक्तिक्षेत्र ४ स्थित प्रसिद्ध धार्मिक श्राद्धस्थल कागबेनीधामसमेत अवलोकन गरेका छन् । छठ पर्व र शनिबारको बिदा पारेर मुक्तिनाथ आईपुगेका मेयर शाह घरपझोङ गाउँपालिकाको स्वागत कार्यक्रममा भने सहभागी बने ।
मेयर शाहलाई गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, उपाध्यक्ष जमुना थकाली लगायतले स्वागत गरेका थिए । गाउँपालिकाका कार्यालयले स्थानीय तहमा कार्यसम्पादन हुने असल अभ्यासका बिषयमा अनुभव आदानप्रदान गर्ने योजना बनाएको भएपनि मेयर शाहको कार्यव्यवस्तताले त्यो सम्भव नभएको घरपझोङका अध्यक्ष लालचन सुनाए ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया