मानव तस्करीमा अनुसन्धान गर्न कोशीका निवर्तमान मन्त्री अधिकारी पक्राउ

समाधान संवाददाता २०८१ कार्तिक २५ गते १२:३०

पोखरा । कोशी प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

Advertisement

नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई जहाजमार्फत् विराटनगरबाट काठमाडौं लगिने भएको छ ।

एमाले कोशी प्रदेश कमिटीले अधिकारीलाई संगठित सदस्यबाट समेत निलम्बन गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया