नगर प्रहरीमाथि हातपात गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

पोखरा ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको सचिवालयमा डिउटीमा खटिएका नगर प्रहरीलाई हातपात गर्ने जनप्रतिनिधिलाई कारबाही गर्न नेपाली कांग्रेस पोखराले माग गरेको छ ।
मंगलबार निकालिएको विज्ञप्तिमार्फत गत २० गते पोखरा महानगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले नगर प्रहरीमाथि गरेको आक्रमण, अशोभनीय कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
महानगरको ३७ औं बैठकले प्रदेश लोकसेवा आयोगवाट सिफारिस भई आएका कर्मचारीलाई काममा लगाउनुपर्ने र २८ जना कर्मचारीहरूलाई विदा दिनुपर्ने अनिवार्य कानुनी दायित्व अनुसार निर्णय गरेको थियो ।
विज्ञप्तिमा लेखिएको छ, ‘लोकतन्त्रमा कुनै पनि विषयको पक्ष वा विपक्षमा आफ्नो अभिमत राख्ने, आन्दोलन गर्ने व्यक्ति वा संगठनको नैसर्गिक अधिकार हो । यद्यपि यस्ता गतिविधिहरू प्रचलित ऐन कानुन भन्दा माथि हुन सक्दैनन् । आन्दोलनका नाममा गरिएका कुनै पनि अराजक गतिविधिको हामी कडा शब्दमा घोर भत्सना गर्दछौं ।’
नगर प्रहरी सहायक निरीक्षक सन्तबहादुर केसीलाई एमाले जनप्रतिनिधिले सांधातिक आक्रमण गरि शल्यक्रिया समेत गर्नुपर्ने परेको कांग्रेसले बताएको छ ।
एउटा कर्मचारीको पक्षमा आन्दोलन गर्ने नाममा अर्को कर्मचारीमाथि संघातिक आक्रमण हुनु निन्दनीय विषय भएको कांग्रेसको भनाइ छ ।
घाइते प्रहरी केसीमाथि आक्रमण गर्ने जो कसैलाई तत्काल अनुसन्धान गरी कडा कारबाही गर्न र उचित स्वास्थ्य उपचारको प्रबन्ध गर्न कांग्रेस पोखराले माग गरेको छ ।









मतदाता संख्या १ करोड ८९ लाख
लेकसाइडः नयाँ वर्षको गन्तव्य
पत्रकार र मिडियाको संख्या बराबर !
सम्पादकीय—गुरुङ संस्कृतिका धरोहरलाई श्रद्धासुमन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया