गण्डकी प्रदेशमा कांग्रेस एमालेको राजनीतिक संयन्त्र गठन, जिल्ला तहमा पनि गठन हुने

पोखरा । सत्ता साझेदार नेपाली कांग्रेस गण्डकी प्रदेश र नेकपा एमालेले केन्द्रको निर्णयअनुसार गण्डकी प्रदेशमा २ दलीय राजनीतिक संयन्त्र गठन गरेका छन् । आज मंगलबार नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयमा संयन्त्रको पहिलो बैठक बसेको छ । कांग्रेस प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा बसेको बैठकमा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेसका प्रदेश महामन्त्री विष्णुप्रसाद लामिछाने, नेकपा एमालेका प्रदेश इन्चार्ज किरण गुरुङ, पूर्व मुख्यमन्त्री खगराज अधिकारी र एमाले प्रदेश अध्यक्ष नवराज शर्मा उपस्थिति थियो ।
बैठकले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले गण्डकी प्रदेशको राजनीतिक संयन्त्रको बैठकको अध्यक्षता दुवै दलको सहमतिमा आलोपालो प्रणाली अनुसार संयोजन गर्ने निर्णय गरेको छ । बैठकको व्यवस्थापन जुन दलले अध्यक्षता गर्ने हो सोही दलले गर्ने सहमति भएको छ ।
यसैगरी प्रदेश भित्रका सबै जिल्लामा केन्द्रको निर्देशानुसार संयन्त्र निर्माण गरी कार्य गर्न निर्देशन दिने, २ पार्टी बीचको सहकार्यको आवश्यकतालाई जन समक्ष पुर्याउन र संयुक्त सरकारले गरेका काम र योजनाको पक्षमा जनमत निर्माण गर्न, सरकारले गरेका कामको बारेमा समिक्षा गर्दै आवश्यकता अनुसार सरकारलाई सुझाव दिने, सहयोग गर्ने र सकारात्मक कामको प्रचार–प्रसार गर्ने निर्णय भएको कांग्रेस सभापति शर्माले बताए ।
नेपाली कांग्रेस र नेकपा एमाले बीचमा स्थानीय तहमा कहि कतै विवाद भई समस्या आएमा सम्बन्धित निकायका २ दल बसी तत्काल समस्याको समाधान गरी सहकार्यलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको छ ।
नेपालको संविधान र कानुनी राज्यको अवधारणाको विरुद्ध भइरहेको जुनसुकै अराजनीतिक, अराजक गतिविधिप्रति संयत्रले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिहरुलाई समयमा नै नियन्त्रण गर्न नेपाल सरकारलाई अनुरोध गर्दै कानुनी राज्यको कार्यान्यवयनको लागि आवश्यक सहयोग गर्न सबै पक्षसँग हार्दिक अपिल गर्ने निर्णय गरियो ।’
गण्डकी प्रदेशका विकास निर्माणका कार्य सम्बन्धमा २ दलीय साझा धारणासहित अगाडि बढ्ने निर्णय भएको एमाले प्रदेश इन्चार्ज किरण गुरुङले बताए ।
आगामी बैठक नेकपा एमालेको संयोजनमा नेकपा एमाले गण्डकी प्रदेश कार्यालयमा हुने निर्णय भएको छ ।
हेर्नुहोस् विज्ञप्ति







जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया