एसिया प्यासिफिक डेमोक्र्याट युनियनको उपाध्यक्षमा डा जोशी निर्वाचित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा गीताभक्त जोशी कन्जरभेटिभ पार्टीहरुको अन्तर्राष्ट्रिय संस्था एसिया प्यासिफिक डेमोक्र्याट युनियनको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
अष्ट्रेलियामा हालै सम्पन्न सम्मेलनबाट राप्रपाका कार्यसम्पादन समिति सदस्य जोशी उपाध्यक्षमा निर्वाचित हुनुभएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्मेलनले न्युजिल्याण्डका रक्षामन्त्री जुडिथ कोलिन्सलाई अध्यक्षमा र अष्ट्रलियाको लिबरल पार्टीका नेता जोश मनुआतुलाई महासचिवमा निर्वाचित गरेको छ । एसिया प्रशान्त क्षेत्रका १६ देशका विभिन्न राजनीतिक दलहरु सदस्य रहेको युनियनमा नेपालबाट राप्रपाको मात्र प्रतिनिधित्व रहेको सो पार्टीले जनाएको छ ।
डा जोशीलाई पार्टी कार्यालयमा सम्मान गरिएको छ । कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले कन्जरभेटिभ पार्टीहरुको अन्तर्राष्ट्रिय संस्था एपिडियुको नेतृत्व तहमा राप्रपा पुग्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । रासस







मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया