कुकुर आतंक रोक्न अभियान

जोमसोम ।
मुस्ताङमा छाडा कुकुर आतंकले स्थानीयलाई दुःख र सास्ती दिने गरेको छ । कुकुर आतंक बढेसँगै मुस्ताङमा घरपालुवा तथा सामुदायिक छाडा कुकुर नियन्त्रण अभियान थालिएको हो ।
जिल्लाका ५ वटै स्थानीय तहमा कार्यान्वयन गर्ने गरी मगलबार उपल्लो मुस्ताङको लोमान्थाङबाट छाडा कुकुरलाई रेबिज विरुद्ध खोप तथा बन्ध्याकरण गर्ने अभियान प्रारम्भ गरिएको हो । जिल्ला स्तरीय रुपमा सञ्चालन हुने घरपालुवा तथा छाडा कुकुर नियन्त्रण अभियान अतर्गत लोमान्थाङबाट सुरु भई लोघेकर दामोदरकुण्ड,वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा पुगेर सकिनेछ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङ र जिल्लाका ५ वटै स्थानीय तहको आयोजनामा जिल्ला स्तरीय रुपमा अनाधिकृत छाडा कुकुर नियन्त्रण अभियान सुरु गरिएको हो ।
जिल्ला स्तरीय रुपमा छाडा कुकुर नियन्त्रण अभियानका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत २ वन्यजन्तु प्राविधिक, केन्द्रिय रेफरल पशु चिकित्सालयका प्राविधिक टोली र भेटेरिनरी अस्पतालको पशु चिकित्सक लगायत १५ जनाको टोलीले घर पालुवा तथा सामुदायिक छाडा कुकुरहरुलाई नियन्त्रणमा लिएर रेविज विरुद्धको खोप तथा बन्ध्याकरण सुरु गरिएको हो ।
अभियानका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, वडा कार्यालय र स्थानीय समुदायले सहकार्य गरेका छन् । अनाधिकृत छाडा कुकुर तथा घरमा पालिएका कुकुरहरुबाट हुन सक्ने जोखिम तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले मुस्ताङमा जिल्ला स्तरीय रुपमा घरपालुवा तथा छाडा कुकुर नियन्त्रण अभियान सुरु गरिएको एक्याप लोमान्थाङ कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए ।
‘कुकुर नियन्त्रण गरी रेबिज बिरुद्धको खोप दिने र कुकुरको प्रजनन न्यूनीकरण गर्न लोमान्थाङबाट अभियान थालनी भएको छ,’ कार्यालय प्रमुख पौडेलले भने । अभियानमा सम्बन्धित घरपालुवा कुकुर धनीको अनुमति र अनाधिकृत छाडा कुकुरलाई प्रविधिको प्रयोग गरी नियन्त्रणमा लिईएको थियो । टोलीले समात्न नसक्ने कुकुरलाई पासो थापेर र भाग्ने खालका छाडा कुकुरहरुलाई ड्राग गन प्रयोग गरी नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएका कुकुरहरुलाई लठ्याउने सुई प्रयोग गरेर रेबिज विरुद्धको खोप लगाईनुका साथै प्रजनन क्षमता भएका कुकुरको बन्ध्याकरण गरिएको छ । गत वर्षको पुसमा यस प्रकारको छाडा कुकुर नियन्त्रणका लागि मुस्ताङको घरपझोङ गाउँपालिका र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ३ दिने कुकुर नियन्त्रण अभियान सञ्चालन गरिएको थियो ।
कुकुरको आतंकले तल्लो मुस्ताङ भन्दा उपल्लो मुस्ताङका नागरिक बढी प्रताडित छन् । अनाधिकृत छाडा कुकुर र जंगली कुकुरको समूहले स्थानीय कृषकले पालेका घरपालुुवा भेडाच्यांग्रा, घोडा, खच्चड र याकचौरीमाथि आक्रमण गरी क्षति गर्ने गरेको छ ।









गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया