कास्की मोडर्नाइज्डमा विविध कार्यक्रम

पोखरा ।
पोखरा १४ चाउथेमा अवस्थित कास्की मोर्डनाइज्ड एकेडेमीमा नेपाल जुनियर युवा रेडक्रस सर्कल कास्की मोर्डनाइज्ड एकेडेमीद्वारा सिनियरतर्फ अन्तर सदानात्मक भलिबल प्रतियोगिता र पूर्वप्रावितर्फ गायन तथा नृत्य प्रतियोगिता आयोजना गरेको छ ।
विद्यालय प्राङ्गणमा सञ्चालित भलिबल प्रतियोगिता राष्ट्रिय भलिबल रेफ्री ईश्वर आलेलाई विद्यालयका संस्थापक प्राचार्य रामबहादर मोचीले बल हस्तान्त्रण गरी उद्घाटन गरेका थिए । मोचीले भलिबलले एकतिर राष्ट्रको पहिचान गराउने र अर्कोतर्फ खेलाडीको शारीरिक विकासमा पनि सघाउने जनाए । उनले अनुशासनलाई व्यवहारिक रुपमा लागू गर्ने सीप विकासका लागि समेत खेलको विशेष भूमिका हुने उनको भनाइ छ ।
भलिबल प्रतियोगितामा छात्रातर्फ रातो सदन प्रथम र सेतो सदन द्वितीय भएका थिए । छात्रतर्फ नीलो सदन र रातो सदन क्रमशः प्रथम र द्वितीय ठहरिए । पूर्व प्रावितर्फको गायन तथा नृत्य प्रतियोगिता विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधा नेपालीले सुरुआत गरिन् । उनले साना विद्यार्थीलाई यस्ता कार्यक्रमले एकातिर मनोरञ्जन दिने र अर्कोतिर उनीहरुको क्षमतामा विकास गर्ने जनाइन् ।
कार्यक्रममा गायनतर्फ वैल्सन विक, उमंग गुरुङ, समान बराल र एरिस अर्याल क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका थिए । नृत्यतर्फ प्राप्ति लौडारी, रोनभ विक, डोल्मा गुरुङ र मेरिन्स शाही क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना बने ।
कार्यक्रमको अध्यक्षतामा सर्कलकी अध्यक्ष आयुषा बास्तोलाले गरेकी थिइन् । कार्यक्रममा शिक्षक नायक निरोज केसी, अनुराग अधिकारी र शिबु ढकालले पनि बोलेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया