उपल्लो मुस्ताङको लोमान्थाङका विद्यालय खुले

समाधान संवाददाता २०७८ साउन २ गते २१:२५

एसके थकाली \ जोमसोम

उपल्लो मुस्ताङको सामूदायिक विद्यालयहरु श्रावण १ गते देखि खुलेका छन् ।शिक्षक दरबन्दी मिलानपछि मर्च भएका साविक १० वटा विद्यालयलाई ३ वटा सामुदायिक विद्यालयको रुपमा रुपान्तरण गर्दै पालिकाको निर्देशनमा विद्यार्थीहरुको भौतिक उपस्थितीमा विद्यालयले नयाँ शैक्षिक सत्रको पठन÷पाठन संञ्चालन गरिएको हो ।
समून्द्री सतह देखि करिव ४ हजार अग्लो उचाईमा अवस्थित लोमान्थाङ गाउँपालिकाले स्थानीय तह र अभिभावकहरुको समन्वय र सहमतीमा नयाँ शैक्षिक सत्रको पढाई सुरु गरेको पालिकाकी शिक्षा शाखा अधिकृत मिरादेवी शर्माले जानकारी दिईन् ।

भौगोलिक रुपले विकट मानिएको उपल्लो मुस्ताङको लोमान्थाङले रेडियो,टेलिभिजन र ईन्टरनेटको सुविधा नहुँदा बिद्यार्थीको नयाँ शैक्षिक सत्रको पढाई भौतिक रुपमै उपस्थिती गराएर बिद्यालय संञ्चालन गरेको जनाएको छ ।नयाँ शैक्षिक सत्रको पढाईका लागि पालिकाले जेठको तेश्रो सातानै अभिभावक र बिद्यार्थीलाई कोरोना रोकथाम तथा नियन्त्रण लगायतका स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराईसकेको शिक्षा शाखा अधिकृत शर्माले उल्लेख गरिन् । उनका अनुसार यसअघि सो पालिकाले जेठ २० गते देखिनै मावि तहका बिद्यार्थीलाई नया शैक्षिक सत्रको पठन÷पाठन सुरु गरेको थियो ।

Advertisement

लोमान्थाङले पालिका भित्रका बिद्यार्थीलाई कोभिड संक्रमणका कारण पढाई गुमाउन नपरोस भन्ने उद्देश्यले स्वअध्ययन शैक्षिक सामाग्री छपाई गरिसकेको शर्माले बताईन् ।“हामी कहाँ सरकारले निर्देशन गरेको मापदण्ड अनुसार पठन÷पाठन अघि बढाउन सम्भव छैन ,रेडियो ,टेलिभिजन र ईन्टरनेटको पहँुच छैन,“शिक्षा शाखा अधिकृत शर्माले भनीन,“पालिकाका विद्यालयमा बिद्यार्थीको संख्या समेत न्युन छ ,यसैले सबैको सहमतीमा भौतिक रुपमा पढाई संञ्चालन गर्न बाहेक अन्य बिकल्प छैन ।“

उनले कोभिडकै कारण बिद्यार्थीको पढाई अन्योलमा राख्न नहुने जनाईन । कोभिडकै कारण गत वर्ष बिद्यार्थीहरुको घुम्ती कक्षा संञ्चालन नभएको र पुस र माघमा अत्यधिक हिमपात र जाडो हुने भएकाले बिद्यालय खोल्न संम्भव नभएको उनको भनाई छ ।
लोमान्थाङले कोभिड संक्रमणको अवस्था हेरेर विद्यालय संञ्चालनको गतिविधि अघि बढाउने जनाएको छ । यस्तै ,लोमान्थाङले भदौ १ गते देखि संम्पूण बिद्यार्थीहरुलाई आवासिय रुपमा शैक्षिक पठन÷पाठन जारी राख्ने शिक्षा शाखा अधिकृत शर्माले उल्लेख गरिन् ।

Advertisement

“ भदौ देखि मर्ज गरिएका ३ वटा बिद्यालयमा बिद्यार्थी राख्छौं र कोभिड सुरक्षाको मापदण्ड अपनाउछौं ,उनले भनीन “ बिद्यार्र्थीलाई कोभिड निगरानीमा राखेर पढाई अघि बढाउने हाम्रो तैयारी छ ।’
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशका ७७ वटै स्थानीय तहलाई शिक्षण सिकाईका विभिन्न माध्यमबाट भौतिक तथा सो संम्भव नभएमा अभिभावकसंग समन्वय गरी कोभिड सावधानी अपनाएर वैकल्पिक प्रणालीमा आवद्ध गराई पठन÷पाठन गर्न पत्राचार गरेको थियो ।

मन्त्रालयले रेडियो,एम र टिभिको पहुँच नभएको ,कम्यूटर भएको तर अनलाईन कनेक्टिभिटी नभएको र ईन्टरनेट तथा संञ्चार प्रविधि नभएका स्थानमा भर्ना अभियान र शैक्षिक सत्रको पढाई संञ्चालन गर्ने बिषयमा निर्देशिका जारी गरेको थियो । सो निर्देशिकामा टेलिफोन,ईन्टरनेट,रेडियो र सामाजिक संञ्जाल मार्फत सूचना प्रवाह गरी बिद्यालय उमेर समूहका बिद्यार्थीलाई बैकल्पिक प्रणालीको माध्यमबाट पठन—पाठन अघि बढाउर्न निर्देशन दिएको थियो ।
सरकारले बैकल्पिक प्रणालीको माध्यमबाट बिद्यार्थीहरुको नयाँ शैक्षिक सत्रको पढाई संञ्चालन गर्न निर्देशन जारी गरिएपनि मुस्ताङका अन्य ४ स्थानीय तहले बिद्यालय संञ्चालन गर्न सकेका छैनन् । दुर्गम जिल्लाको रुपमा रहेको मुस्ताङमा कोरोना संक्रमितको संख्या यथावत रहेको र ईमेल ÷ईन्टरनेटको सुविधा अपर्याप्त हुँदा पठन÷पाठन सुरु गर्न अप्ठ्यारो परेको पालिकाहरुले बताएका छन् ।

मुस्ताङको घरपझोङ गाउँपालिकाले शिक्षकहरुलाई बैकल्पिक प्रणालीको शिक्षण सिकाई सहजीकरण गर्ने उद्देश्यले तालिम संञ्चालन गरेपनि त्यो व्यवहारिक बन्न नसकेको घरपझोङका शिक्षा शाखा अधिकृत हिमलाल शर्माले उल्लेख गरे । उनले तत्काल जनहित मावि जोमसोममा मावि तहमा ईन्टरनेटको माध्यमबाट जुम मार्फत पढाई सुरु गरेको बताए।“ हामी कहाँ ईन्टरनेटको सुविधा भएपनि ईन्टरनेट बिश्वशनीय छैन ,उनले भने,“कतिपय बिद्यार्थीको घरमा ईन्टरनेट र संञ्चार प्रविधि उपकरण समेत छैन ।’
यस्तै ,थासाङ ,वारागुङ र लोघेकर दामोदरकुण्ड गापाका बिद्यालयहरुको शैक्षिक पठन÷पाठन अन्योल बनेको छ । सो पालिकाहरुले बिद्यालय कहिले खोल्ने ,कसरी खोल्ने भन्ने आन्तरिक छलफल गरेपनि बिद्यालय संञ्चालन गर्ने बिषयमा अझै निर्णय लिन सकेका छैनन् । उनीहरुले बिद्यालय खोल्ने बिषयमा छिट्टै कार्यपालिका, बिद्यालय र अभिभावकको बैठक बसेर निर्णय लिने जनाएका छन् ।

तर मुस्ताङका सबै पालिकाहरुले शैक्षिक सत्रको पढाई अघि गनरिने बिद्यालयको आन्तरिक तयारी तथा भर्ना अभियान लगायतका गतिविधि संम्पन्न गरिसकेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया