प्रधानमन्त्री प्रचण्ड मुस्ताङ आउने

समाधान संवाददाता २०८० असोज ११ गते १७:१९

जोमसोम—प्रधानमन्त्री पुस्पकमल दाहाल(प्रचण्ड) हिमाली जिल्ला मुस्ताङ आउने भएका छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ स्थित कागबेनी बाढी प्रभावित क्षेत्रको अवलोकन तथा जनतासंग माओवादी विशेष रुपान्तरण अभियानलाई सम्वोधन गर्ने कार्यक्रम अन्र्तगत प्रधानमन्त्री प्रचण्ड असोजको तेस्रो हप्ता मुस्ताङ आउँने कार्यतालिका तय भएको नेकपा (माओवादी केन्द्र) मुस्ताङले जनाएको छ ।
जनतासंग माओवादी विशेष रुपान्तरण अभियान कार्यक्रमको उत्तरार्धमा बिहिबार जोमसोममा आयोजित पत्रकार अन्तरक्रियाँमा माओवादी केन्द्रका मुस्ताङ जिल्ला ईञ्चार्ज कपिल लामाले प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड) मुस्ताङ आउने कार्यक्रम रहेको जानकारी दिए । ‘जनतासन्ंग माओवादी रुपान्तरण अभियान अन्तिम चरणमा रहेको र अभियानमा जनताका धेरै कुराहरुमा असन्तुष्टि रहेकाले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डलाई मुस्ताङ आमन्त्रण गरिएको हौं,ईञ्चार्ज लामाले भने,‘ यहाँका मुख्य समस्या कोरलानाकालाई पुनः संञ्चालन गर्ने,वर्षौदेखि भूमी सम्वन्धि समस्या र नदीको उकासले बस्ती जोखिममा परेको समस्या आदी रहेको पाईयो,यी समस्यालाई सम्वोधन हुँने गरी प्रधानमन्त्री जी मुस्ताङ आउनु हुन्छ ।’ ईञ्चार्ज लामाले प्रधानमन्त्री आउने मिति तय नभएपनि असोजको तेस्रो सातामा मुस्ताङ आउने कन्फर्म भएको बताए ।

Advertisement

घरघरमा माओवादी,जनजनमा माओवादी नारासहित माओवादीको जनतासंग माओवादीको रुपान्तरण अभियान अन्तिम चरणमा पुगेको माओवादी केन्द्र मुस्ताङले उल्लेख गरेको छ । गत भदौको पहिलो हप्तादेखि सुभारम्भ गरिएको जनतासंग माओवादी रुपान्तरण अभियान उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सम्पन्न भईसकेको माओवादी केन्द्र मुस्ताङले बताएको छ ।

अभियान अन्र्तगत वारागुङ मुक्तिक्षेत्र—३ को ताङ्वे,छुसाङ,चैले र तेताङ, घरपझोङ गाउँपालिकाको ठिनी र जोमसोम र थासाङ गाउँपालिकाको केही वडाहरुमा अभियान संञ्चालन बाँकी रहेको माओवादी केन्द्र मुस्ताङका संयोजक धिरेन्द्र ल्वागुनले जानकारी दिए ।
जनतासंग माओवादी रुपान्तरण कार्यक्रम लिएर हामीले मुस्ताङका पालिका,वडा र टोल टोलमा पुगेर जनतासंग प्रत्यक्ष साक्षात्कार गरेका संयोजक ल्वागुनले उल्लेख गरे । उनले अभियानका दौरानमा जनताको घरदैलोमा पुगेर पार्टीले संञ्चालन गरेका सकारात्मक कार्यहरुको जानकारी गराईएको र सो क्रममा जनताका समस्या र मागहरु संम्वोधन गर्ने ढंगले अभियान संञ्चालन गरेको जनाए ।

मुस्ताङ संयोजक ल्वागुनले भ्रष्टाचार,अनियमितता र सुशासनका पक्षमा माओवादी केन्द्रले ऐतिहाँसि कार्य गरेकाले जनतासंग माओवादीको विश्वाश बढ्दै गईरहेको दावी गरे । ‘अभियानमा हामीले यहाँको मुख्य समस्या भूमी समस्या पायौं,जग्गाको लालपुर्जा लिदा कर धेरै पैसा तिर्नुपर्ने मान्यताले धेरै वर्ष पहिलेदेखि कैयोंका जग्गा नापनक्सा हुाबाट छुटे, त्यो समस्या समाधान गर्न पार्टी र सरकार प्रतिवद्ध छ भन्ने आश्वासन जनतालाई दिएका छौं,’संयोजक ल्वागुनले भने ।’
संयोजक ल्वागुनले कागबेनी माथि वारागुङ मुक्तिक्षेत्र—३ मा पर्ने ६ वटा गाउँलाई निषेधित क्षेत्रबाट खुल्ला गर्नुपर्ने माग आएको बताए । वारागुङ—३ लाई निषेधित क्षेत्रबाट खुल्ला गरेर त्यस क्षेत्रको पर्यटनलाई माथि उकास्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री समक्ष प्रस्ताव पेश गर्ने बताए ।
जनतासंग माओवादी रुपान्तरण अभियानका सदस्य एवं माओवादी केन्द्रका केन्द्रिय सदस्य टेकबहादुरले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड र चीन सरकारबीच कोरलानाका खोल्ने विषयमा सहमती भईसकेको बताए । केन्द्रिय सदस्य विकले कोरलानाका खोल्नका लागि तत्काल व्यवस्थापनको लागि पहल गर्न स्थानीय प्रशासनलाई अनुरोध गरिएको उल्लेख गरे । स्थानीय प्रशासनलाई मुस्ताङमा भूमीहिन लगायतका समस्या समाधानका लागि पहल गर्न स्थानीय प्रशासनको ध्यानआर्कषण गराएको केन्द्रिय सदस्य विकको भनाई छ ।
माओवादी केन्द्र लोमान्थाङ पालिका कमिटी अध्यक्ष ढुक्के बिष्टले उपल्लो मुस्ताङमा भुमी सम्वन्धि समस्या र कोरलानाका बन्द हुँदा जनताले समस्या भोग्नु परेको सुनाए । उनले माओवादी नेतृत्वको सरकारले बन्द भएको कोरलानाका खोल्ने तयारी गरेको र भूमी सम्वन्धि समस्या पनि समाधान हुँने विश्वाश व्यक्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया