पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना साढे ४ बजेदेखि

समाधान संवाददाता २०७८ मंसिर २९ गते १५:३७

नेपाली काँग्रेसको १४औँ महाधिवेशनको मतगणना बुधबार अपराह्न साढे ४ बजेदेखि हुने भएको छ । निर्वाचन समिति सदस्य अधिवक्ता केशव रिजालका अनुसार साढे ४ बजेदेखि मतगणना सुरु हुनेछ।

पार्टीका नेतासहितको बैठकले बुधबार नै मतगणना सुरु गर्ने निर्णय गरेको उनको भनाइ छ । ‘बैठकले साढे ४ बजेदेखि पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना गर्ने निर्णय गरेको छ’, रिजालले भने
पार्टी सभापतिका लागि दोस्रो चरणमा भएको मतदानबाट शेरबहादुर देउवा निर्वाचित भएका छन् । सभापतिको मतपरिणाम सार्वजनिक भए पनि पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना बाँकी छ ।

नेपाली काँग्रेसको पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदैछ । मतदान लगत्तै सोमबार पदाधिकारी र केन्द्रीय सदस्यको मतपेटिका पार्टी केन्द्रीय कार्यालयमा लगिएको थियो ।

Advertisement

पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउन नसकेपछि मंगलबार बढी मत पाउने शेरबहादुर देउवा र डा। शेखरप्रसाद कोइरालाबीच दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणको मतदानमा देउवा सभापति निर्वाचित भएका हुन् ।
पदाधिकारी र केन्द्रीय सदस्यको परिणाम भने बुधबार मध्यरातबाट सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया