प्रधान सम्पादक नारायण कार्कीको बिदाइ

समाधान दैनिकका प्रधान सम्पादक नारायण कार्कीले शनिबारदेखि अवकाश लिएका छन् ।
उनलाई शनिबार समाधान मिडिया प्रालिले सम्मानसहित बिदाइ गरेको हो । प्रालिका अध्यक्ष उमानाथ बरालले कार्कीको नेतृत्वमा समाधान गण्डकी प्रदेशकै गर्व गर्न लायक र अग्रणी पत्रिका बनेको उल्लेख गरे । अध्यक्ष बरालले बिदाइ औपचारिकता भएकाले कार्की सधै समाधानकै सम्मानित सदस्य रहने बताए ।
समाधानको स्थापना कालदेखि नै प्रधान सम्पादक रहेका कार्कीले आफूलाई आराम आवश्यक भएकाले औपचारिक जिम्मेवारीबाट अलग भएको बताए ।
समाधानसँगको १७ वर्षे यात्रामा व्यावसायिक पत्रकारिताको अभ्यास सँगसँगै व्यवस्थापनबाट हस्तक्षेप मुक्त काम गर्ने अवसर मिलेको उनले बताए । समाधान २०५९ असोज १ गतेबाट प्रकाशन आरम्भ भएको हो । कार्कीले आफू औपचारिक जिम्मेवारीबाट अलग भए पनि पत्रिकारिता क्षेत्रबाट अलग नहुने र समाधानसँग हार्दिकता कायम रहने उल्लेख गरे ।
सम्पादक रामकृष्ण ज्ञवालीले कार्कीको नेतृत्वमा काम गर्दा कहिल्यै कुनै पनि एजेन्डामा मतभेदबिना व्यावसायिक र हार्दिक वातावरण काम गर्न पाएको बताए । उनले पत्रिकालाई नयाँ पुस्ताले भविष्यमा गर्व गर्न लायक बनाउने प्रतिवद्धतासमेत गरे ।
कार्यकारी सम्पादक भरत कोइरालाले कार्कीले देश, विदेशका समसामयिक घटना क्रम र सञ्चारमा आउन नसकेका विषयबारे युवा पुस्तालाई झक्झक्याउने गरेको स्मरण गरे ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया