मापसेका कारण ११६ नेपाली युएईको कारागारमा

काठमाडौँ, (रासस)
मादक पदार्थको सेवन (मापसे)का कारण सिर्जित समस्याबाट सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (युएई) मा जेल जीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ ।
आबुधावीस्थित नेपाली दूतावासले गत डिसेम्बर महीनामा युएईको सात वटा इमिरेट्समा रहेका आठ जेलमा गरेको अध्ययनका क्रममा मादक पदार्थका कारण ५८ प्रतिशत नेपाली युएईका विभिन्न कारागारमा कैद भुक्तानका क्रममा रहेको पाइएको हो । मादक पदार्थको सेवन, मापसे गरेर सवारी चलाउनु र झैझगडाका कारण ११६ नेपाली कारागारमा रहेको दूतावासले जनाएको छ ।
त्यस्तै लुटपाट, चोरी र धोखाधडीको आरोपमा २० नेपाली कारागारमा रहेका छन् । साउदी नागरिक तथा अन्य देशका आप्रवासी श्रमिकको हत्या अभियोगमा १२, कार्यस्थलमा अवरोध, विरोध गर्ने अभियोगमा १० र परस्त्रीगमनमा संलग्न भएको अभियोगमा आठ नेपाली काराबासमा सजाय भुक्तान गरिरहेका छन् ।
फर्जी चेक, काजगपत्र, हस्ताक्षरलगायत अन्य कागजपत्र किर्ते काममा संलग्न सात, लागुऔषधको प्रयोग र तस्करीमा संलग्न पाँच र अन्य कानूनले वर्जित गरेका गतिविधिमा संलग्न भएको अभियोगमा २२ नेपाली कैदमा रहेका दूतावासले जनाएको छ । बाइस नेपाली गलत व्यवहार, अवैध बसोवास, भौतिक सम्पत्ति तोडफोडलगायतमा संलग्न भएका थिए ।
दूतावासका अनुसार १८८ पुरुष र १२ महिला कारागारमा रहेका छन् । सारजाह सेन्ट्रल कारागारमा सात पुरुष र तीन महिला, दुवई सेन्ट्रल कारागारमा ६४ पुरुष र चार महिला, अलअथ्वा सेन्ट्रल कारागारमा ९४ पुरुष र चार महिला तथा अजमान सेन्ट्रल कारागारामा चार पुरुष कैद सजाय भुक्तानका क्रममा रहेको दूतावासले जनाएको छ ।
रसअल खैइमा सेन्ट्रल कारागारमा चार पुरुष, फुजेरा सेन्ट्रल जेलमा पुरुष र महिला गरी एक/एक तथा अल अइन कारागारमा १४ पुरुष कैद भुक्तानका क्रममा रहेका छन् ।








लजी लन्ड्री लाउन्ज सञ्चालनमा
विकास तथा भवन निर्माणमा रु ४८ करोडका योजना
पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया