नरभक्षी चितुवा मृत फेला

कृष्ण न्यौपाने
दमौली
तनहुँको भानु नगरपालिकाको विभिन्न वडाबाट बालबालिकालाई आक्रमण गर्ने नरभक्षी चितुवा आइतबार मृत अवस्थामा फेला परेको छ ।
भानु नगरपालिका–२ स्थित देउराली सामुदायिक वनमा नरभक्षी भाले चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
चितुवाको आक्रमणबाट भानु नगरपालिकामा ३ बालबालिकाको मृत्यु भएको थियो । चितुवा नियन्त्रणका लागि मंसिर १५ गतेदेखि टोली परिचालन भए पनि चितुवा नियन्त्रणमा लिन सकिएको थिएन ।
डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले मृत अवस्थामा फेला परेको चितुवा सोही नरभक्षी चितुवा रहेको पुष्टि गरे । उनले भने, ‘सिसी क्यामरामा कैद भएका तस्बिरका आधारबाट बालबालिकालाई आक्रमण गर्ने चितुवा सोही रहेको पुष्टि भएको छ ।’
चितुवा नियन्त्रणका लागि वन क्षेत्रमा सिसि क्यामरा जडान गरी जंगलको विभिन्न स्थानमा पासो समेत थापिएको थियो । साथै चितवन राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले जंगलमा फुट ट्रयाप समेत राखेको थियो । चितुवा नियन्त्रणका लागि दैनिक रुपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन कार्यालयको कर्मचारी र स्थानीय मानिसहरु वन क्षेत्रमा परिचालित थिए ।
चितुवाको आक्रमणबाट २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल र मंसिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङको मृत्यु भएको थियो ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया