पाेखरामा एपिएफकाे दबदबाः दोस्रो पटक च्याम्पियन

समाधान सम्वाददाता
पोखरा रंगशालामा जारी दोस्रो सभामुख राष्ट्रिय महिला भलिबलको उपाधि उचाल्दै सशस्त्र प्रहरी बल एपिएफ दोस्रो पटक च्याम्पियन बनेको छ ।
राष्ट्रिय खेलकुद परिषदको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि उचाल्न सफल भएको हो । एपिएफले २५–८, १८–२५ र २५–१७ र २५–१७ को सेटमा पराजित गर्दै नगद ३ लाख ५० हजार तथा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको हो । उपविजेता बनेको नेपाल पुलिस क्लबले १ लाख ७० हजार रुपैयाँमा ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
शुक्रबार भएको खेलमा एपिएफले गण्डकी प्रदेशलाई हराउँदै फाइनल पुगेको हो भने पुलिसले दाबेदार मानिएको प्रदेश ३ लाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी सरस्वती चौधरीले १० हजार रुपैयाँ पुरस्कार हात पारेकी छन् । प्रतियोगिताको उत्कृष्ट ब्लकर एपिएफकी हिरा केसी, उत्कृष्ट स्पाइकर प्रदेश ३ की प्रतिभा माली, उत्कृष्ट सर्भर गण्डकी प्रदेशकी अरुणा शाही, उत्कृष्ट सेटर पुलिसकी कमला पुन, उत्कृष्ट लिब्रो पुलिसकी शान्ति तामाङ र उत्कृष्ट प्रशिक्षक एफिएफका ज्ञानेन्द्र विष्ट घोषित हँुदैँ समान ५ हजार रुपैयाँ प्राप्त गरे ।
तेस्रो स्थानका लागि भएको खेलमा प्रदेश नम्बर ३ ले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै नगद १ लाख रुपैयाँ हात पारेको छ । सान्त्वना भएको गण्डकी प्रदेश ५० हजारमा चित्त बुझायो । प्रदेश ३ ले गण्डकीलाई २५–१४, २१–२५, २५–१४ र २५–१७ ले पराजित गरेको हो ।
माघ १ गतेदेखि सुरु भएको प्रतियोगितामा प्रदेशका ७ र विभागीय ३ गरी १० टिम सहभागी थिए । कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गण्डकी प्रदेशलाई खेलकुदको राजधानी बनाउनको लागि खेलकुद विद्यालयको आवश्यकता परेको बताए । उनले गण्डकी प्रदेशले खेलकुद विद्यालय बनाउने योजना अगाडि सारेको उनले जानकारी दिए । उनले नेपालमा खेलकुको विकास हुनुपर्नेमा जोड दिए ।









मनोहर कप ३० गतेबाट
सूचना, प्रविधि र स्टार्टअप मेला हुने
एनप्याब्सनले हरिदेवीलाई सम्मान गर्ने
अधिकृत बिक्रेतामा तेजेन्द्रको नेतृत्व
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया