कालिमर्याङ वडास्तरीय भलिबल उपाधि ठकुरी समाजलाई

समाधान संवाददाता- दुलेगौंडा
तनहुँको शुक्लागण्डकी–३ कालिमर्याङमा आयोजना गरिएको वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि ठकुरी समाज बाबियाडाँडाले प्राप्त गरेको छ ।
कालिका युनाइटेड युथ क्लबले गरेको प्रतियोगिताको फाइनल खेलमा २५–१५, २५–२०, २५–२१ को सोझो सेटमा आयोजकलाई हराउँदै ठकुरी समाजले उपाधि जितेको हो ।
प्रतियोगिताको विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेतामा चित्त बुझाएको आयोजकले २५ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पायो ।
सनराइज युथ क्लब मोहोरिया तृतीय र ढोरबाराही युवा क्बल लालिम सान्त्वना हुन सफल भए । उनीहरुले क्रमश नगद १० हजार र ५ हजार रुपैयाँ प्रदानर प्रमाणपत्र प्राप्त गरे । अनुसार प्रतियोगितामा मोहोरियाका सन्दिप हमाल बेस्ट प्लेयर, ठकुरी समाजका विशाल ठकुरी, बेस्ट स्पाइकर र धिरज हमाल बेस्ट ब्लकर घोषित भए ।
शुक्लागण्डकी–३ का अध्यक्ष रामकुमार श्रेष्ठ र वडा सचिव शालिकराम भट्टराईले विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरे । सो अवसरमा वडाध्यक्ष श्रेष्ठले स्थानीय स्तरमा आयोजना हुने प्रतियोगिताले सक्षम खेलाडी बन्न सहयोग पुग्ने उल्लेख गरे ।
वडासचिव भट्टराईले खेलतर्फ रुचि हुने व्यक्तिले तन र मन लगाएर समर्पित भएमा सफलता प्राप्त हुने बताए ।
क्लबका अध्यक्ष राजकुमार आलेको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य कृष्ण बहादुर आले, टपर गाउँ दुरुङचुङ टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेल, कालिमर्याङ जाम्दीबेसी टोल विकास संस्थाका अध्यक्ष धनबहादुर थापा, युवा व्यवसायी दीपेन्द्र पौडेल, क्लबका उपाध्यक्ष तेजकुमारी थापा, कोषाध्यक्ष वीरेन्द्र थापा लगायतले स्थानीय तहले खेल क्षेत्रलाई महत्व दिनुपर्नेमा जोड दिएका थिए । माघेसंक्रान्तिको अवसरमा प्रतियोगिता गरिएको हो ।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया