१२ औं हिसान स्पोर्ट्स मिटको उपाधी न्यू ग्यालेक्सीले उचाल्यो

समाधान सम्वाददाता
उच्चमाविको छाता संस्था हिसान कास्की द्वारा आयोजित १२ औं हिसान स्पोर्ट्स मिटको उपाधी न्यू ग्यालेक्सी माविले उचालेको छ । उपाधी उचाले सँगै न्यू ग्यालेक्सीले उपाधीको रक्षा गरेको छ ।
न्यू ग्यालेक्सीले छात्र–छात्रा बास्केटबल प्रथम र छात्रा भलिबलमा दोश्रो हुँदै कुल १९ अंक बटुलेर उपाधी हासिल गरेको हो ।
यसै गरि सम्पन्न छात्रा बास्केटबलमा माउन्ट अन्नपूर्ण माबी दोश्रो र सगरमाथा माबीले तेश्रो स्थान हात पारेका छन् । यसैगरि छात्र बास्केटबलमा पोखरा सेकेण्डरी स्कूल दोश्रो र माउन्ट अन्नपूर्ण माबी तेश्रो भए ।
छात्रा भलिबलमा कास्की मोर्डनाइज्ड माबीले दोश्रो र करुणानिधी एजुकेशन फाउण्डेशनले तेश्रो स्थान प्राप्त गर्याे । छात्र भलिवलमा स्पाइरल ग्यालेक्सीले र मेरी गोल्ड माबीलाई फाइनलमा पराजित गर्दै प्रथम भएको छ भने संघर्षपूर्ण खेलमा मेरी गोल्डले दोश्रो स्थान हात पारेको छ ।
टेबुल टेनिस तर्फ समान ६ अंकका साथ पोखरा सेकेण्डरी स्कुल र वेलनन एकेडेमी प्रथम भएका छन । यसै गरि सगरमाथा माबीले दोश्रो र समान ३ अंकका साथ प्रतिभा माबी र स्टेप बाइ स्टेपले तेश्रो स्थान हात पारे ।
यहि माघ ३ गते बा संचालन भएको १२ औं स्पोर्ट्स मिटमा छात्र बास्केटबलमा न्यू ग्यालेक्सीका सागर बिक उत्कृष्ट खेलाडी घोषित भए भने पोखरा सेकेण्डरीका गोपाल पूनले सर्वाधिक स्कोरर घोषित भए । छात्रा बास्केटबलमा माउन्ट अन्नपूर्णकी कबिता पुन उत्कृष्ट खेलाडी घोषित भइन भने न्यू ग्यालेक्सीकी सिमा पुन सर्वाधिक स्कोरर घोषित भइन ।
यसै गरि छात्र भलिबलमा स्पाइरल ग्यालेक्सीका बिनोद किशान उत्कृष्ट खेलाडी तथा उत्कृष्ट स्पाइकर मेरिगोल्डका सुमन गुरुङ घोषित भए । छात्रा भलिबलमा केफकी कल्पना छन्त्याल उत्कृष्ट खेलाडी तथा न्यू ग्यालेक्सीकी अनिता पून उत्कृष्ट स्पाइकर भइन ।
विजेता स्कूल तथा विद्याथीहरुलाई गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नर देवी पून, नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ, केन्द्रिय सल्लाहकार सूर्य जिशी, जिल्ला हिसान सल्लहाकार रमाकान्त बराल, यूनिप्सका अध्यक्ष शान्ता बहादुर गुरुङ, हिसान उपाध्यक्ष याम रोक्का, केन्द्रिय उपाध्यक्ष शेर वहादुर गुरुङ, हिसान कास्कीका सचिब दिवाकर जैशी लगाएतले पुरुस्कार वितरण गरेका थिए ।
सो अवसरमा मन्त्रि पूनले हिसानको यो कार्यक्रमले खेलकुद बिकासमा अहम भूमिका खेलेको भन्दै प्रशंसा गरिन् । उनले खेलको माध्यम बाट समेत पहिलो प्रदेश बनाउन सरकार प्रतिबद्ध रहेको समेत बताइन् ।









शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कांग्रेस विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी, मधेसबाट सबैभन्दा बढी
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया