पत्रकार साही र मर्सानी सम्मानित
समाधान संवाददाता
२०७५ माघ १२ गते १८:५२

कास्की जिल्ला स्तरिय प्रथम सृजना कप सामुदायिक मावि छात्र छात्रा भलिवल प्रतियोगिताको अवसरमा २ जना सम्मानित भएका छन् । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा भएको प्रतियोगिताको अन्तिम दिन भलिवल खेलको प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएको भन्दै पत्रकार नारायण साही र भलिवल खेलको विकासमा योगदान दिएको भन्दै र क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीलाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सभा सदस्य राजिव पहारीलगायतले पत्रकार साही र मर्सानीलाई दोषल्ला, माला र सम्मान पत्रले सम्मान गरेका हुन् ।
सम्मानित साही आदर्श समाज राष्ट्रिय दैनिक र गण्डकी मिडिया हाउसमा कार्यरत छन् ।
सम्बन्धित







नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया