मेटाटसल भाँच्चिएपछि नेइमार १० साता मैदान बाहिर

एजेन्सी
पेरिस सेन्ट जर्मेनका फर्वाड नेइमार करिब १० साता मैदान बाहिरै रहने भएका छन्। पैतालाको हड्डी (मेटाटसल) भाँच्चिए पछि उनी लामो समयसम्म मैदान बाहिरै रहने भएका हुन्।
यो सँगै उनले अब च्याम्पियन्स लिगमा म्यान्चेष्टर युनाइटेडविरुद्धको दुबै खेल गुमाउनेछन्।
फ्रेन्च कप अन्तर्गत स्ट्रासबर्गविरुद्धको खेलमा गत बुधबार ९माघ ९० मा नेइमार घाइते भएका थिए।
घरेलु मैदानमा भएको खेलमा नेयमारले राम्रो खेल कौशल प्रदर्शन गरे पनि गोल भने हुन सकेन। उनी दोस्रो हाफमा मैदानमा लडे। गोलीगाँठोमा गम्भीर चोट लागेपछि नेयमार ६० औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए। तर, उक्त खेलमा स्ट्रासबर्गविरुद्ध पीएसजीले २–० को जित निकालेको थियो।
च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो लेग १२ फेब्रुअरीमा हुनेछ भने दोस्रो लेग मार्च ६ हुने कार्यक्रम तय भएको छ।
यता नेइमारको दायाँ खुट्टामा लागेको चोटको उपचार भइरहेको उनको क्लब पीएसजीले जनाएको छ ।
पराम्परागत विधिबाट उपचार गरिएकाले उनी मैदान फर्कन १० साता लाग्ने क्लबले जानकारी दिएको छ।
लिग वान लिडर पिएसजीका लागि नेयमारले यो सिजन अहिलेसम्म सबै प्रतियोगितामा गरेर २० गोल गरिसकेका छन्।









पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया