म्याग्दीमा दुर्लभ ‘लोन्डेसी’ गुराँस भेटियो

म्याग्दी(रासस)
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको जङ्गलमा दुर्लभ जातको ‘लोन्डेसी’ प्रजातिको गुराँस भेटिएको छ । नीलगिरि–अन्नपूर्ण बेस क्याम्प जाने बाटोको जगरघारी, खानी वन र हुमकलाको जङ्गलमा विश्वमै अत्यन्त दुर्लभ मानिएको ‘लोन्डेसी’ प्रजातिको गुराँस भेटिएको गाउँपालिका–४ का अध्यक्ष चन्द्रप्रसाद फगामीले जानकारी दिनुभयो ।
वडाध्यक्ष फगामीका अनुसार नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनाको वातावरण एकाइले अनुसन्धान गर्दा वातावरणविद् कुलप्रसाद लिम्बू र कमल मादेनले नारच्याङको जङ्गलमा भेटिएको नयाँ प्रजातिको गुराँस ‘लोन्डेसी’ नै भएको पुष्टि गर्नुभएको हो ।
अनुसन्धान टोलीमा संलग्न मिस्त्रीखोला जलविद्युत् आयोजनाको वातावरण एकाइमा कार्यरत शिव पुर्जाका अनुसार हुमकला जङ्गलमा बढी मात्रामा यो प्रजातिको गुराँस देखिएको छ । उहाँका अनुसार समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढीको उचाइमा मात्र पाइने यो प्रजातिको गुराँस मुस्ताङ, मनाङलगायतका उच्च हिमाली भेगमा जङ्गलमा पनि नभेटिएको तर त्योभन्दा कमको नारच्याङको जङ्गलमा भेटिएकाले वातावरणविद्समेत आश्चर्यमा परेका छन् ।
पुर्जाका अनुसार यो गुराँसको बोटको उचाइ करीब पाँच सेन्टिमिटर मात्र हुने गर्छ । पहेँलो र गुलाबी मिश्रण भएजस्तो देखिने यसको रङ हुन्छ भने फूल अत्यन्त सानो हुन्छ ।
नारच्याङको जङ्गलमा भेटिएको यस्तो दुर्लभ प्रजातिको गुराँसको संरक्षणमा वडा कार्यालयले अझै व्यापकरूपमा खोजी अनुसन्धान गर्ने र संरक्षणका उपाय अपनाइने वडाध्यक्ष फगामीले बताउनुभयो ।









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया