बरिष्ट कलाकार बीएस राणाकाे निधन

नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् ।
राणाको केही समयदेखि बिरामी थिए । राणाको ७८ बर्षको उमेरमा निधन भएको हो । उपचारको क्रममा उनको मुटुमा पनि समस्या देखिएको थियो । वि.सं २०४१ सालमा बनेको अन्याय चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । उनले सय भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए ।
उनले अभिनय गरेका चलचित्रहरुमा ‘दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका थिए । उनले केही टेलिसिरयलमा पनि अभिनय गरेका थिए ।
बीएस राणा श्री ३ जंग बहादुर राणाका पाँचौं पुस्ता हुन् । उनी जंगबहादुरका सात भाई मभ्येका कान्छा धीर शमशेरका १७ भाई छोरा मध्ये भीम शमशेरका पनाती हुन् ।
उनको पशुपति आर्यघाटमा दाहासंकार गरिने वुझिएको छ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया