पारस फेल हुँदा दिपेन्द्र र पवन हिरो

युएईमा जारी तीन खेलको टी ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले युएईलाई ४ विकेटले हराएर सिरिज बराबरी गरेको छ । युएईले दिएको १०८ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर पुरा गर्यो। नेपालका लागि दीपेन्द्र सिंह ऐरी र पवन सरार्फले ५५ विजयी इनिङ खेले ।
४१ बल खेलेका ऐरी ४ चौका र एक छक्कासहित ४७ रनमा नटआउट रहे। यस्तै २५ बल खेलेका पवनले २ चौकासहित १८ रन बनाए। यसअघि करन केसीले २३ बल खेल्दै २० रन जोडेका थिए। प्रदीप ऐरीले ८ रन बनाउँदा उपकप्तान ज्ञानेन्द्र मल्लले ७ रन मात्र बनाए ।
नेपाली टिमका कप्तान पारस खड्का पहिलो बलमा शून्य रनमा आउट भए नेपालीमा निराशा छाएको थियो । पहिलो खेलमा अर्ध शतक बनाएका युवा खेलाडी सुनदिप जोराले १ रन जोडेर नेपाली समर्थकलाई थप निराश पारेका थिए ।,
खराब सुरूआत गरेको नेपालले पहिलो ओभरको पहिलो बलमै कप्तान पारस खड्कालाई शून्य रनमा गुमाएको थियो। टिमको खातामा ९ रन भएका बेला अर्का ओपनर प्रदीप ऐरी ८ रन बनाएर आउट भएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएई निर्धारित २० ओभरको खेलमा १९.२ ओभरमा अलआउट हुँदै १०७ रनमा समेटिएको थियो।
युएईलाई सस्तैमा समेट्न नेपालका अभिनाश बोहराले सर्वाधिक तीन विकेट लिँदा सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले समान दुई(दुई विकेट लिएका थिए।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया