भूकम्पले चर्केको घर भत्किँदा वृद्धको मृत्यु
समाधान संवाददाता
२०७५ माघ २३ गते ९:३४

नुवाकोट, रासस
भूकम्पले चर्किएको घर भत्किएर एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित आलडाँडामा गएराति घर भत्किएर ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको प्रहरी निरीक्षक सुदर्शन थापाले जानकारी दिनुभयो ।
नयाँघर निर्माणाधीन अवस्थामा रहेकाले तामाङ परिवार भूकम्पले चर्किएको कच्ची घरमा बस्दै आएको थियो । घर भत्किँदा च्यापिएर वृद्धको ज्यान गएको बेलकोटगढी नपा–७ का वडाध्यक्ष हेमनिधि नेपालले जानकारी दिनुभयो । तामाङ बाहेक परिवारका अन्य सदस्य टहरामा बस्दै आएका कारण उनीहरुको ज्यान जोगिएको छ ।
सम्बन्धित








सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया