गण्डकी प्रदेशले फागुन ४ मा स्थापना दिवस मनाउँदै

गण्डकी प्रदेश सरकारले फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस मनाउने भएको छ। गत माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयानुसार प्रदेश सरकारले यही फागुन ४ गते स्थापना दिवस मनाउने निर्णय गरेको हो।
गत वर्ष फागन ४ गते कै दिन मुखयमन्त्री पृथ्वसुब्बा गुरूङले प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष पद तथ गोपनियताको सपथ लिएका थिए । बैठकले स्थापना दिवस मनाउनको लागि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको संयोजकत्वमा ६ सदस्यीय समारोह समिति गठन गरेको छ।
समितिमा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, प्रमुख सचिव लक्ष्मीराम पौडेल र मुख्यमन्त्री तथा मन्त्रसिपरिषद कार्यालयका सचिवहरू लालमणि ओझा धर्मराज कुइँकेल र दलबहादु अधिकारी रहेका छन्।
साथै ३ वटा उप समिति समेत गठन गरिएको छ। जसमा प्रचार प्रसार, मञ्च व्यवस्थापन र कार्य विवरण पुस्तिका प्रकाशन उपसमिति रहेका छन्।सो समारोहमा १ वर्षभरिका कार्यप्रगति विवरण प्रस्तुती, उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिने लगायतका कार्यक्रम रहेका छन्।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया