विश्व क्रिकेटमा नेपाली खेलाडीको दवदवा शुरु

एजेन्सी
विश्व क्रिकेटमा नेपाली खेलाडीको दवदवा शुरु भएको छ । विश्वास लाग्न गारो होला । भर्खरै मात्र अन्तराष्ट्रिय एक दिवसीय मान्यता पाएको नेपालका तीन जना खोलाडी विश्वका टप सय क्रिकेटरमा परेका छन् ।
नेपालका तीन खेलाडीले अन्तर्रराष्ट्रिय क्रिकेट परिषद आईसीसीको बरियतामा आफूलाई उल्लेख्य सुधार गरेका छन्। नेपाली टिमका कप्तान पारस खड्काले ब्याटिङमा ९० औं स्थान कब्जा जमाएका छन् । उनै पारस खड्का अलराउण्डरको सूचीमा ४० औं स्थानमा छन् ।
आईसीसीले जारी गरेको टी–२० क्रिकेटको पछिल्लो बलिङ बरियतामा नेपालका सोमपाल कामी बलिङमा ७० औं स्थानमा आइपुगेका छन्। यसअघि उनी ९२ औं स्थानमा थिए। ४०९ रेटिङ अंक पाएका सोमपालका लागि यो करिअरकै सबैभन्दा राम्रो उपलब्धिसमेत हो। सोमपाल अलराण्डर तर्फ पनि ५१ औं स्थानमा उक्लिएका छन् ।
बलिङतर्फ नै नेपालका बसन्त रेग्मीले पनि आफ्नो वरियता सुधारेका छन्। कामीसँगको समान रेटिङ अंकसहित उनी ७१ औं स्थानमा छन्।
आईसीसीका अनुसार सन्दीप लामिछानेले पनि आफ्नो वरियतामा सबैभन्दा बढी ३६ स्थान सुधार गर्दै १५९ औं स्थानमा आइपुगेका हुन्। यो पनि उनको करियरकै सबैभन्दा उत्कृष्ट फड्को हो।
टी–ट्वान्टी क्रिकेटको ब्याटिङ वरियताको शीर्ष स्थानमा पाकिस्तानका बाबर अजाम छन्। बलिङतर्फ शीर्ष स्थानमा अफगानिस्तानका युवा बलर राशिद खान र अलराउन्डरमा अष्ट्रेलियाका ग्लेन म्याक्श्वेल यथावत छन्।









पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया