अष्टेलियामा बोत्तल उठाएर नेपालमा सहयोग

समाधान सम्वाददाता
विदेशमा पुराना बोत्तल उठाएर संकलित रकम पोखराको एक विद्यालयमा सहयोग गरिएको छ । अष्टे«लियाको सिड्नीस्थित सगरमाथा फुटबल क्लबले संकलित रकमबाट पोखरा–१६ दीपस्थित दीव्यज्योति आधारभूत विद्यालयलाई फोटोकपी मेसिन सहयोग गरेको हो ।
क्लब प्रशिक्षक शिव तामाङले सोमबार विद्यालयमा आयोजित एक समारोहमा विद्यालय प्रअ कृष्णकुमारी जोशी, विद्यालय अध्यक्ष चन्द्रकान्त आचार्य र वडा सदस्य राजेश गुरुङलाई सो मेसिन संयुक्त हस्तान्तरण गरेका हुन् ।
क्लब प्रशिक्षक तामाङले नेपालमा केही गरौं भन्ने उद्देश्यले आफूहरुले अष्टे«लियाका विभिन्न रेष्टुरेष्ट, पव सेन्टर तथा घरघरमा फालिएका पुराना बोत्तल संकलन गरी उठेको रकमबाट विद्यालयमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
सो सहयोगप्रति विद्यालय परिवारले आभार प्रकट गरेको छ ।
‘बोत्तल फर एजुकेशन एण्ड फुटबल’ भन्ने नाराका साथ क्रियाशील फुटबल क्लबले यसअघि पनि विभिन्न सहयोग गर्दैैआएको छ । क्लबमा हाल ३० जना खेलाडी छन् ।
क्लबले नेपालबाट अष्टे«लियामा विभिन्न प्रयोजनले जाने नेपालीलाई आवश्यक सल्लाह, सुझाव तथा सहयोग गर्दैआएको फोटोपत्रकार समेत रहेका क्लब सदस्य राम गुरुङले जानकारी दिए ।
नेपाली मिलेर सन् १९९९ मा स्थापित सो फुटबल क्लब पुरानो फुटबल क्लबमध्ये पर्दछ । हाल अष्टे«लियामा प्रवासी नेपालीकै २ दर्जन बढी फुटबल क्लब छन् ।









एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया