‘काण्डै काण्डमा फस्यो देश’ डा. भट्टराई

मोहसिन अलि मियाँ, गोरखा
देश काण्डै काण्डमा फसेको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आरोप लगाएका छन् । मध्यपहाडी लोकमार्ग जनसंवाद तथा जागरण यात्राका क्रममा गोरखा आइपुगेका नयाँ शक्ति नेपालका संयोजक डा. भट्टराईले पछिल्लो समय सरकार चलाउने नेता नै बिभिन्न काण्डमा फसेर देश सिध्याएको आरोप लगाए । ‘कहिले सुन काण्ड, कहिले वाइडबडी काण्ड, अहिले एनसेलदेखि फोर जि काण्ड’, उनले भने, ‘सबै काण्डै काण्डमा फस्ने नेताले चलाएको देशमा कसरी समृद्धि आउँछ ?’
देशको मुहार फेर्न राजनीति सङ्लो हुनुपर्ने बताउँदै डा. भट्टराईले अब जनताको हातमा अधिकार आउनुपर्नेमा जोड दिए । पूर्वदेखि पश्चिमसम्मको १ महिने यात्राका क्रममा १५ दिनमा आफ्नै निर्वाचन क्षेत्रको सिरानचोक गाउँपालिकाको चोरकाटेमा आयोजित कार्यक्रममा उनले राजनीतिमा सुशासन र जवाफदेयिताको खाँचो औंल्याए । देश विकासका लागि व्यक्तिगत र पार्टीगत स्वार्थ त्याग्नैपर्ने उनको तर्क छ ।
विकास र समृद्धि एउटामात्रै पार्टीको एजेन्डा नभएको भन्दै भट्टराईले अब अरुलाई दोष लगाउन छोड्नुपर्ने विचार राखे । अरुलाई दोष लगाएर आफू चोखिने प्रवृत्ति नरोकिए देश अझै समस्याको भुमरीमा फस्ने उनले बताए । ‘विकास एउटा पार्टीले मात्रै चाहेको होइन, सबैले चाहेकै छौं, सबैको एजेन्डा नै विकास र समृद्धि हो’, उनले भने ।
पूर्वदेखि पश्चिमसम्मका जनताको भावना बुझ्न यो यात्रा सुरु गरेको उनले बताए । देशका अधिकांश जनता कृषि पेशामा आश्रित रहेकाले अब आधुनिक प्रणाली प्रयोग गर्दै उत्पादनमा लाग्नुपर्ने भट्टराईले बताए । ‘मध्य नेपालका जनताको कुरा सुन्न मैले यो यात्रा सुरु गरेको हुँ । अझै पनि बहुसंख्यक जनता कृषिमै छन्, तर धेरै परम्परागत मै छन्’, उनले भने, ‘अब कृषिमा पनि वैज्ञानिक प्रविधिको प्रयोग आवश्यक छ ।’
उनले आफू प्रधानमन्त्री भएका बेला मध्यपहाडी लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माणको काम राज्यकै निगरानीमा अघि बढाएकोस्मरण गरे । यो लोकमार्गले एउटा जिल्लाको मात्रै नभई मध्य नेपालकै स्वरुप फेरिने निश्चित रहेको उनले बताए । कार्यक्रममा सिरानचोक ४ का वडाध्यक्ष दीपक हमाल, ५ का सन्तोष गुरुङ, ६ का नारायण दानी र पालुङटार नगरपालिका १ का कृष्ण परियारले स्थानीय तह सञ्चालनका क्रममा भोगेका समस्या राखेका थिए ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया