सफल म्याराथन मंगलबार

समाधान संवाददाता
भूतपूर्व खेलाडी मञ्च नेपालले आयोाजना गरेको १३ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन –२०७५ को तयारी पूरा भएको छ । फागुन ७ गते मंगलबार पोखरा रंगशालामा सञ्चालन हुने छ ।
प्रतियोगितामा म्याराथनमा ४२.१९५ किलोमिटर दौडमा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले ७० हजार रुपैयाँ र तेस्रो हुनेले ५० हजार रुपैयाँ र सान्त्वना हुनेले ७ हजार रुपैयाँ पाउने आयोजकले जानकारी दिएको छ ।
दौड पोखरा रंगशालाबाट सुरु भई पृथ्वीचोक, बिरौटा राष्ट्रबैंकचोक, सहिदचोक, बसुन्धरा पार्क, हल्लनचोक, मालेपाटनबाट सिम्पानी पुग्नेछ । भीमकालीपाटन गणेशटोल पालिखेचोक, महेन्द्रपुल, विपीचोक हुँदै सभागृह पुग्नेछ । सभागृहबाट नयाँबजार, महेन्द्रपुल, पुरानो धारा, चाउथे बेलचौतारा बिरौटा, भोटेचौतारा लगायत पोखराका विभिन्न ठाउँमा घुमेर रंगशालमा पुगेपछि समापन हुने आयोजकले जनाएको छ ।
१० किलोमिटर महिला तथा पुरुष दौडमा पहिलो हुनेले १५ हजार रुपैयाँ पाउनेछन् । दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउने छन् । ५ किलोमिटर महिला तथा पुरुष दौडमा पहिलो हुनेले १० हजार रुपैयाँ, दोस्रो हुनेले ७ हजार रुपैयाँ र तेस्रो हुनेले ४ हजार रुपैयाँ पाउनेछन् ।
ह्विल चियर महिला तथा पुरुष दौडमा पहिलो हुनेले ५ हजार, दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ हजार रुपैयाँ पाउने छन् । १० किलोमिटर र ५ किलोमिटरको दौडमा पोखराका विभिन्न ठाउँमा घुमेर रंगशालमा नै आएर समापन हुनेछ । सो अवसरमा सगरमाथा १३ औं पटक सफल आरोहण गरेका तेन्जिङ शेर्पा उपस्थिति हुने आयोजककले जनाएको छ ।
प्रतियोगितामा नेपालका विभिन्न क्लब, नेपाली सेनासहित चीन, जापान, लगायत युरोपियन देशका खेलाडी सहभागी हुने आयोजकले जानकारी दिएको छ । दौडको समयमा विभिन्न १२ वटा चोकमा एम्बुलेस र खानेपानीको व्यवस्था गरिने आयोजकले जानकारी दिएको छ । दौड सञ्चालन भएको समयमा उक्त रोडमा सवारी साधन चल्ने छैनन् ।
प्रतियोगिता पूरा गर्न पोखरेली मञ्च युके, पोखरेली मञ्च हङकङ, सहाराका क्लब युके लगायतका संघसंस्थाले सहयोग गरेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेजबहादुर गुरुङले स्वास्थ्य जीवन शैलीका लागि खेलकुदको महत्व रहेको बताउँदै म्याराथन प्रतियोगिताबाट पोखरालाई चिनाउन अझै सहयोग पुग्ने उल्लेख गरे । प्रतियोगिता पूरा गर्न २२ लाख ९९ हजार खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष गुरुङले बताए ।









सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया