मुस्ताङ जाँदै हुनुहुन्छ ! होशियार ! !

सुन्दरकुमार थकाली मुस्ताङ
केही दिन अघिदेखि लगातार परेको हिमपातले जोमसोम–मुक्तिनाथ सडक बन्द भएको छ । हिमपात सडकमा जोखिम मोलेर यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङले यात्रुहरुलाई अनुरोध गरेको छ ।
मुस्ताङका सिडियो गंगाबहादुर क्षेत्रीले सडकमा भारी हिउँ जमेकाले जोखिम मोलेर यात्रा नगराउन सवारी धनी तथा चालकहरुलाई आग्रह गरेका छन्् । सानो हेलचक्र््याईले ठुलो मानवीय संकट निम्तन सक्ने संङ्केत गर्दै सिडियो क्षेत्रीले बलजफ््ती मुक्तिनाथ जान खोज्ने सवारी साधनलाई रोक लगाईएको जानकारी दिए ।
लगातारको हिमपातले कागबेनीदेखि मुक्तिनाथ सडक जोखिम बनेको हो । यसअघिको हिउँ र शुक्रबार परेको हिउँ थपिएपछि शनिवारदेखि सडक आवागमन बन्द गर्नु परेको अस्थायी जिल्ला ट्राफिक कार्यालय प्रहरी सहायक निरीक्षक बिष्णुपल्ली मगरले जानकारी दिए । उनले भने,‘ कागबेनी देखि मुक्तिनाथ सम्म ३ फिट बढी हिउँ छ ।हिउँमा सवारी चलाउनु जोखिम हो ।यसैले संम्भावित दुर्घटनालाई मध्यनजर गर्दै तत्कालका लागि सडक बन्द गरिएको हो ।’
लगातारको हिमपातले यसअघि हलुका टू–ह्वील सवारी र ठुला सवारी साधन मुक्तिनाथ जान सकेका नसकेपनि फोर ह्वील सवारी जोखिम मोलेर मुक्तिनाथ पुग्ने गथ्र्ये । शुक्रबार पूनः५औं पटक हिमपात भएपछि स्थानीय प्रशासनले जोमसोम–मुक्तिनाथ सडक बन्द गरेको जनाएको छ ।
प्रशासनले मुक्तिनाथ जाने सवारी साधनलाई जानकारीका लागि १ सयमा फोन सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया