पर्वतमा मगर महोत्सव शुरु

रासस, पर्वत
लोप हुँदै गएको समुदायको संस्कृति संरक्षण गर्दै सङ्ग्रहालय बनाउने उद्देश्यले पर्वतमा प्रथम मगर महोत्सव शुरु भएको छ ।
पुन युवा क्लबद्वारा आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ । महोत्सव उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेश आर्थिक समृद्धि हासिल गर्ने पहिलो प्रदेश बन्ने दाबी गर्नुभएको छ । प्रदेशलाई समृद्ध बनाउन चालू आर्थिक वर्षमा घोषणा गरेका कार्यक्रमसमेत अगाडि बढिसकेको उल्लेख गर्दै उहाँले अबका पाँच वर्षभित्रमा गण्डकी प्रदेशमा विकासको लहर आउने बताउनुभयो ।
गण्डकी प्रदेशको मुख्य आधार भनेको पर्यटन व्यवसाय रहेकाले स्थानीय कला संस्कृति र परम्परागत पहिचानलाई कायम राख्न सरकार लागिपरेको जानकारी गराउनुभयो । कार्यक्रममा प्रतिनिधिसभाका अध्यक्ष पदम गिरीले सरकारले पाँच वर्षभित्रमा विकासको लहर ल्याउने गरी काम गरेकामा जोड दिँदै त्यसमा सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
महोत्सवमा करीब दुई लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ । महोत्सवमा मगर समुदायमा प्रचलित सोरठी, यानिमाया, सुनिमाया, सालैजो गीत प्रतियोगिता, डान्स आइडल, भलिबल, बास्केटबललगायतका प्रतियोगिता आयोजना गरिएको छ भने विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसमेत रहेको छ । मङ्गलबारदेखि शुरु भएको महोत्सव यही फागुन १५ गतेसम्म सञ्चालन हुने छ ।







रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया