माछापुच्छ्रे क्रिकेट लिग फागुन १४ बाट

समाधान संवाददाता
माछापुच्छ«े क्रिकेट क्लबको आयोजनामा फागुन १४ देखि माछापुच्छ«े क्रिकेट लिगको दोस्रो संस्करण सुरु हुँदैछ । यसपटक प्रतियोगितामा विभिन्न ६ वटा फ्रेन्चाइज टिमले सहभागिता जनाउँदै छन् । नदीपुरस्थित प्रदेश सभा भवन पछाडिको क्रिकेट मैदानमा हुने प्रतियोगितामा आरके भिक्टोरियन्स, सिएनडी वारियर्स, पर्वन टाइटान्स, फिस्टेल स्टार्स, लेखनाथ मस्किटर्स र राइजिङ लायन्स उपाधिका लागि एकापसमा भीड्नेछन् ।
बुधबार स्काई स्पोर्टस् र आयोजकबीच मुख्य प्रायोजनको सम्झौता भएको छ । स्काइ स्पोर्टस्का प्रतिनिधि प्रज्वल विष्ट र आयोजक क्लबका अध्यक्ष दिपेश खत्रीले पत्रकार सम्मेलनमार्फत सम्झौताबारे जानकारी गराएका हुन् । सम्झौता बमोजित स्काइ स्पोर्टसले २० लाख बराबरको प्याकेज प्रदान गर्नेछ ।
प्रतियोगितामा उत्कृट खेलाडी, बलर, ब्याट्स्म्यान लगायतले स्काइ स्पोर्टसको प्याकेज प्राप्त गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सोही समारोहमा हेल्लो वल्र्ड कर्पोरेसनले ८५ हजार बराबरको वेभसाइट निर्माण गर्ने सम्झौता पनि भएको छ । कर्पोरेशनका क्षेत्रीय प्रमुख विवेक चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
यस पटकको च्याम्पियनले नगद ३ लाख तथा उपविजेताले नगद १ लाख ५० हजारसहित सिल्ड र मेडल प्राप्त गर्ने छन् ।









लोमान्थाङबाट २ करोडभन्दा बढी मूल्यका भेपसहित कन्टेनर नियन्त्रण
कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया