सालकाे काठसहित तस्करीमा संलग्न पक्राउ
समाधान संवाददाता
२०७५ फागुन २० गते ११:४९

रासस, कञ्चनपुर
कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ स्थित हरियाली सामुदायिक वनबाट काठ तस्करी गर्ने कार्यमा संलग्न भरत कामीलाई सब डिभिजन वन कार्यालय वाणीले आज पक्राउ गरेको छ ।
वन क्षेत्रमा आराको सहायताले सालको काठको गोलिया काटिरहेको अवस्थामा कामीलाई सामुदायिक वनका पदाधिकारीको सहयोगमा पक्राउ गरिएको सव डिभिजन वन कार्यालय वाणीका प्रमुख विश्वराज पण्डितले बताउनुभयो । कामी कृष्णपुर– ४ का बासिन्दा हुन् ।
काठ काटिरहेको ठाउँबाट सालको गोलिया, आरासमेत बरामद भएको छ । “काठ काट्ने कार्यमा संलग्न अन्य छजना वन कार्यालयको टोली देखेर भागेकाले उनीहरुको खोजी गरिरहेका छौँ”, कार्यालय प्रमुख पण्डितले भन्नुभयो, “काठ काट्दै गरेको सालको रुखको केही भाग गायब पारिएकाले त्यसको समेत खोजी भइरहेको छ ।”
सम्बन्धित









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया