बेगनास कप उपाधि सैनिकलाई

समाधान संवाददाता
शिवरात्रिको अवसरमा आयोजित बेगनास ताल किनारमा सञ्चालित प्रथम सेभेन ए साइड बेगनास कप उपाधि सैनिकले हात पारेका छ । सोमबार भएको फाइनल खेलमा फोर टु फाइभमाथि शून्यका विरुद्ध ३ गोल अन्तरले सैनिकले उपाधि जितेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा रहेको खेलमा दोस्रो हाफको केही मिनेटमै डि बक्सबाट त्रिदेव गुरुङले गोल गरेपछि सैनिकले खाता खोलेको थियो । क्याप्टेन भिसन गुरुङको पासमा खेलाडी बेलप्रसाद गुरुङले अर्को गोल थप्दै अग्रता दोब्बर बनाएका थिए । दबावमा रहेको फोर टु फाइभमाथि सैनिकका त्रिदेव गुरुङको अर्को प्रहार गोलमा परिणत हुँदा फोर टु फाइभ स्तब्ध बनेको थियो ।
उपाधिसँगै सैनिकले नगद १ लाख ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । फोर टु फाइभले नगद ५५ हजार ५ सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र सहित उपविजेतामा चित्त वुझायो । सोमबार नै तेस्रो स्थानका लागि भएको खेलमा मेरो नेपाल युवा क्लब मझेरीपाटनले स्थान कायम गरेको छ । आयोजक बेगनासलाई पेनाल्टी सुट आउटमा ३-२ को नतिजा निकाल्दै १५ हजार ५ सय ५५ सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । म्यान अफ दि म्याच बेगनासका प्रदीप गुरुङ बने ।
प्रतियोगितामा नगद ८ हजारसहित उत्कृष्ट खेलाडीको उपाधि सैनिकका त्रिदेव गुरुङले हात पारे । उत्कृष्ट डिफेन्स फोर टु फाइभका रवि थापामगर, उत्कृष्ट प्लेमेकर फोर टु फाइभका विजय श्रेष्ठ, उत्कृष्ट गोलरक्षक सैनिकका रोमन थापामगर र उच्च गोलकर्ताको उपाधि नेपाल मुस्लिम एफसी का अभिनास तामाङले हात पारे । उनीहरुले नगद ५ हजार हात पारे । यस्तै अनुशासित टिमको उपाधि सिर्जना बहिरा माविले प्राप्त गरेको छ । म्यान अफ दि म्याच सैनिकका बेलप्रसाद गुरुङले हात पारे ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख दानसिंह बोहोरा, इलाका प्रशासन कार्यालयका प्रमुख चित्राङ्गत बराल, पोखरा २९ का अध्यक्ष चेतबहादुर गुरुङ, क्लबका अध्यक्ष राम रानाभाट, प्रतियोगिता संयोजक सुरेन्द्र पुन लगायतले पुरस्कार वितरण गरेका थिए ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया