दुर्घटना न्यूनीकरण गर्न, चालकको स्वास्थ्य जाँच
समाधान संवाददाता
२०७५ फागुन २३ गते ८:१८

समाधान
जिल्ला ट्राफिक कार्यालय बागलुङले सडकमा हुने दुर्घटना न्यूनीकरण गर्न गाडी चालकको स्वास्थ्य जाँच अभियानलाई तीव्रता दिएको छ । सडकमा हुने सवारी दुर्घटनामा कमी ल्याउन सहयोग पुर्याउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयले स्थानीय संघसंस्थाको सहकार्यमा दोस्रो पटक सडकका सवारी चालकको स्वास्थ्य जाँच गरेको हो ।
स्वास्थ्य परीक्षणका क्रममा अधिकांश लामो दुरीका सवारी चालकमा उच्च रक्तचापको समस्या देखा परेको बताइएको छ । धौलागिरि अञ्चल अस्पताल बागलुङ, यातायात व्यवसायी र नेपाल प्रहरीको टोलीले दोस्रो पटक बागलुङ जिल्लाको मुख्य प्रवेशद्वार गणेशस्थानको घुम्तीमा चेकजाँच गरेको हो । बस, ट्रक, जीप, माइक्रो लगायतका ७१ सार्वजनिक सवारी साधनका चालकको आँखा र रक्तचाप परीक्षण गरिएको छ ।
सम्बन्धित







मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया