मुस्ताङका ३ होमस्टेलाई पुजिगत अनुदान

सुन्दरकुमार थकाली, मुस्ताङ
संम्वन्धित स्थानीयतहको सिफारिस सहित पुजिगत अनुदानका लागि निवेदन दिएका मुस्ताङका ३ होमस्टेले शुक्रबार पुजिगत अनुदान प्राप्त गरेका छन् ।उनीहरुलाई होमस्टे संञ्चालन गर्न पाउने प्रमाणपत्र सहित गण्डकी प्रदेशले पहिलो किस्ता उपलब्ध गराएको हो ।
ग्रामिण होमस्टे प्रर्वधनका लागि प्रदेशका ११ जिल्लाका २ सय २८ होमस्टेले पुँजिगत अनुदानका लागि आवेदन दिएका थिए ।आवेदन दिएका होमस्टे मध्ये १ सय ९० होमस्टेले पहिलो मान्यता पाएका हुन् ।बाँकी २८ होमस्टेलाई कागजपत्र अपुग भएकाले पेन्डिङमा राखिएको हो ।
मुस्ताङका ३ स्थानीयतहका १-१ होमस्टे छनौटमा परेका हुन् ।जसअन्तर्गत लोमान्थाङ गाउँपालिका ४ चुम्जुङको समुडिक होमस्टे,लोघेकर दामोदरकुण्ड गाउँपालिका १ को मराङ होमस्टे र घरपझोङ गाउँपालिका ५ ठिनीको थकाली सामूदायिक होमस्टे छन् ।पहिलो वर्ष छनौट भएका १ सय ९० होमस्टेलाई पहिलो किस्ता ४० प्रतिशत उपलब्ध गराउने प्रावधान अनुसार ४-४ लाख अनुदान दिईएको डिभिजन बन कार्यालय मुस्ताङका बन अधिकृत यमनाथ पोख्रेलले जानकारी दिए ।उनका अनुसार छनौट होमस्टेलाई बाँकी किस्ता क्रमागत रुपमा उपलब्ध हुने जनाए ।
प्रदेश सरकारबाट पुँजिगत अनुदान पाएका होमस्टेले उक्त रकम ग्रामिण होमस्टे प्रर्वधन अन्तर्गत खानेपानी,सडक निर्माण,बिद्युत र सामूदायिक भवन लगायतका पूर्वाधारमा खर्च गर्नुपर्ने पोख्रेलको भनाई छ ।
गण्डकी प्रदेशले ११ जिल्लाबाट छनौट गरेका होमस्टे मध्ये सबैभन्दा बढी पर्वत र स्याङ्जाका छन् ।जहाँ ४२ -४२ होमस्टेलाई छनौट गरिएको हो भने सबैभन्दा कम मनाङमा २ मात्र होमस्टे छनौट भएको हो ।ग्रामिण होमस्टे संञ्चालन गर्दा स्थानीय उत्पादन ,कला संस्कृति र सुलभ आवास तथा भोजनको व्यवस्था हुनुपर्ने प्रावधान छ ।









कांग्रेस विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी, मधेसबाट सबैभन्दा बढी
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
मिस तामाङ पोखरा : प्रतियोगीहरूले देखाए प्रतिभा, माघ ३ मा ग्रान्ड फिनाले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया