राष्ट्रिय स्वाभिमान यात्राको सभा

समाधान संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीले सनातन हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गरेको छ । यात्रा अन्तर्गत फागुन २८ गते पोखराको चिप्लेढुंगामा सभा गर्न लागेको छ । संघीयताको खारेजी र राजासहितको प्रजातन्त्र स्थापित गर्ने अभियान अन्तर्गतको सभामा पार्टी अध्यक्ष कमल थापा लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीको व्यवस्थापनमा सभा हुन लागेको हो । गत फागुन १५ देखि ताप्लेजुङबाट सुरुआत गरेको यात्रा कञ्चनपुर हुँदै फागुन ३० गते काठमाडौंको पशुपतिनाथमा जल चढाएर भृकुटीमण्डपमा समापन गर्ने केन्द्रीय सदस्य जयलाल पुनले जानकारी दिए । ‘नेपालको संविधानले संगठित रुपमा र जबरजस्ती धर्म परिवर्तन गराउने कार्यलाई निषेध गरेको छ,’ केन्द्रीय सदस्य पुनले भने, ‘सनातन धर्म नेपालको राष्ट्रिय पहिचान र एकताको आधार स्तम्भ भएकोले त्यो धर्म कमजोर भए नेपालको अस्तित्व मेटिने छ ।’ उनले नेपाल सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र राष्ट्रिय एकता र पहिचानकारुपमा रहेको दावीसमेत गरे ।
उनले पार्टीले हिन्दु धर्मलाई मात्र विशेष संरक्षण र सुविधा दिनु पर्छ भन्ने मान्यता मात्र नराखेर सबै धर्मलाई बराबरीको स्वतन्त्रता र समानता दिनु पर्ने बताए । २०४७ साल यताको उच्च पदमा रहेर अकुत धन आर्जन गर्ने पदाधिकारीको सम्पत्ति उच्चस्तरीय अधिकार सम्पन्न आयोग बनाएर छानवीन गर्नु पर्ने माग राख्दै केन्द्रीय सदस्य पुनले पार्टी अध्यक्ष कमल थापाको पनि सम्पत्ति छानवीन गर्नु पर्ने बताए । उनले विदेशी बैंकमा रहेको कालो धन फिर्ता गरी राष्ट्रियकरण गर्न माग गरे । उनले राजादेखि विप्लवसम्मको गोलमेच सम्मेलन गरी नेपाललाई जोगाउनु पर्ने बेला आएको बताए ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कुलबहादुर गुरुङ, कास्कीका अध्यक्ष महेन्द्रबहादुर कार्की, सहसचिव अशीलकुमार शाही, मिडिया नेपालका उपाध्यक्ष सूर्य बास्तोला लगायतले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको बारेमा बोलेका थिए ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया