नेपालकाे सहज जित, काेच खड्कालाई ३ गाेल उपहार

समाधान संवाददाता २०७५ फागुन २८ गते १७:१५

समाधान सम्वाददाता-विराटनगर

Advertisement

साफ वुमन’स च्याम्पियनशीप फुटबल २०१९ काे उद्घाटन खेलमा नेपालले कमजाेर टिम भुटानमाथि ३-० काे जित निकालेकाे छ ।

राजधानीस्थित दशरथ र‌ंगशाला अझै पूननिर्माण हुन नसकेपछि विराटनगरकाे शहिद रंगशालामा आयाेजित प्रतियाेगितामा नेपालले सहज जित निकालेकाे हाे ।

पहिलो हाफसम्म २-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप एक गोल गर्दै सहज जित निकाल्यो।

नेपालको जितमा मन्जली कुमारी योञ्जन साबित्रा भण्डारी र नेरी थापाले समान १(१ गोल गरे।

Advertisement

खेलको १३ औं मिनेटमा नेपालले योञ्जनको गोलबाट सुरूवाती अग्रता लिएको थियो। योञ्जनले दायाँ भागबाट पहिलो बार च्यापेर किपरलाई बिट गर्दै गोल गर्न सफल भएकी थिइन्।

त्यसको तीन मिनेटपछिनै नेपालले अग्रता दोब्बर पार्‍यो। खेलको १६ औं मिनेटमा सावित्राले गोल गर्दै पहिलो हाफमा नेपाललाई दोहोरो अग्रता दिलाइन्।

दोस्रो हाफमा आक्रमक खेल खेलेको नेपालले ५४ औं मिनेटमा तेस्रो गोल गर्‍यो। नेपालका लागि नेरी थापाले तेस्रो गोल गरिन्। त्यसपछि नेपालका दर्जनौ प्रहार भुटानी रक्षकले विफल बनाइदिए पछि गोल अन्तर बढाउने मौका नेपालले गुमाएको थियो।

अब भोलिको खेलमा समूह बि बाट भारत र माल्दिभ्स भिड्नेछन्।

उद्घाटन जितले प्रशिक्षक हरि खड्कालाई ३ गोल उपहार भएकाे छ । खड्काकाे आज जन्मदिन हाे । उक्त गाेल खड्कालाई उपहारस्वरुप भएकाे खेलप्रेमीकाे भनाई छ ।

तपाईको प्रतिक्रिया