पोखराका अटेरी प्याराग्लाइडिङ कम्पनीः अति गर्दा खति

समाधान संवाददाता
७ वर्षे बालकसहित टेन्डम उडानमा रहेको प्याराग्लाइडिङ मंगलबार पोखरामा दुर्घटनामा परेको छ । सराङकोटबाट उडेको ओपन स्काई प्याराग्लाइडिङ कम्पनीको ग्लाइडर खपौंदीमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।
प्यारापाइलट चिनिया नागरिक ५० वर्षीय एलेस विर्किन र सिंगापुरका ७ वर्षे यान्ज ग्वान्ज जी घाइते भएको भएको प्रहरीले जनाएको छ । ७ वर्षे यान्जको अनुहारमा चोट लागेको छ ।
खपौदी क्षेत्रमा अवतरण गर्दा बिजुलीको तारमा अड्किएर दुर्घटना हुँदा पाइलट र यात्रु घाइते भएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता गोविन्द पुरीले जानकारी दिए । उनका अनुसार घाइते दुवैजना मनिपाल मेडिकल कलेजमा सामान्य उपचारपछि फर्किएका छन् ।
नागरिक उडान प्राधिकरण पोखराका सूचना अधिकारी काशिनाथ पौडेलले प्याराग्लाइडिङमा ससाना बालबालिकालाई उडाउन नपाइने भए पनि कम्पनीहरुले अटेरी गर्दै आएको बताए । उनले भने, ‘ससाना बालबालिकालाई उडाउने प्याराग्लाइडिङ कम्पनीलाई खारेज गर्न सकिने कानुनी व्यवस्था छ, पाइलटको लाइसेन्ससमेत रद्ध गर्न सकिन्छ ।’
मंगलबारको प्याराग्लाइडिङ दुर्घटनाको बारेमा कसैले आफूलाई जानकारी नगराएको उनले बताए । फागुन अन्तिम सातामा पोखरामा ४ प्याराग्लाइडिङ दुर्घटनामा २ विदेशी नागरिकको ज्यान गएको छ भने २ घाइते भएका छन् । उक्त दुर्घटनामा पनि प्याराग्लाइडिङ कम्पनीको लापरवाही देखिएको प्राधिकरणले जनाएको छ ।
दुर्घटनाको कारण देखाउँदै नागरिक उड्डयन प्राधिकरण (क्यान) पोखरा शाखाले सोलो उडानमा रोक लगाएको छ । पोखरा महानगरपालिमा दर्ता भएका र कर तिरेका ४४ कम्पनीले सराङकोट, तोरीपानी र मान्द्रेढुंगा क्षेत्रबाट व्यावसायिक उडान भर्दै आएका छन् ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया