पोखरा ५ मा सीपमूलक तालिम

समाधान संवाददाता , पोखरा
पोखरा ५ मा सामाजिक विकास र महिला ससक्तीकरण अन्तर्गत आयोजना भएको १ महिने ड्रााइभिङ तालिम सकिएको छ ।
महिलाका लागि सुरु भएको तालिम समापन सभामा १ हप्ते उद्घोषण कला तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । बिहीबार आयोजित समापन समारोह तथा तालिम स्थानीय कल्याणी आमा समूह, जागृति आमा समूह र शिवालय आमा समूहको संयोजनमा भएको थियो ।
सभामा गण्डकी प्रदेशका सांसद सावित्री थापाले स्थानीय वडादेखि सामाजिक विकास मन्त्रालयसम्मका सरकारी निकायहरु महिला विकासका लागि उदार भएको बताइन् । उनले महिलाका लागि छुट्याइएका कार्यक्रम पूर्ण र प्रभावकारी कार्यान्वयनमा जोड दिँदे स्थानीय महिलाको चासो, अग्रसरता र सक्षमता आवश्यक पर्ने उल्लेख गरिन् ।
उनले प्रदेश सरकारका कार्यक्रम सफल बनाउन स्थानीय महिलाकै भूमिका महत्वपूर्ण रहने भन्दै महिला योजनालाई पहिलो प्राथमिकता दिन सुझाइन् । पोखरा ५ का अध्यक्ष धनबहदुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सीता विक, पोखरा ५ का वडा सदस्य उज्ज्वल खत्री, अन्जु क्षेत्री, हरिमाया विक, सञ्चारीका समूह गण्डकी प्रदेश सचिव कञ्चन थापा, कल्याणी आमा समूहकी विष्णुकुमारी भण्डारी, जागृति आमा समूहकी कमला भट्टराई, शिवालय आमा समूहकी शान्ता भण्डारी लगायतले बोलेका थिए । १ हप्ते उद्घोषण कला तालिम सञ्चारकर्मी स्मीता अधिकारीले सहजीकरण गरेकी थिइन् ।







भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया