मुक्त हलिया पुनः स्थापन

रासस
कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा ३५ मुक्त हलिया परिवारलाई पुनः स्थापन गरिएको छ । भूमि सुधार कार्यालयले नौ धुर जग्गा र घर निर्माण गर्न रु २ लाख २५ हजार उपलब्ध गराएर ‘क’ वर्गका मुक्त हलिया परिवारलाई पुनः स्थापन गरेको हो ।
जग्गा र घर निर्माणका लागि रकम पाएपछि मुक्त हलिया परिवार घर निर्माणमा जुटेका छन् । “घर जग्गा नहुँदा सडक किनारमा टहरा बनाएर बस्दै आएका थियौँ । अरुका पक्की घर देख्दा हामीले पनि कहिले यस्तो घर बनाउन सकौँला जस्तो लग्थ्यो”, मञ्जु दमाईले भन्नुभयो, “सरकारले रोजगारको पनि व्यवस्था गरिदिए हुन्थ्यो ।”
सामुदायिक वन छेउमा बस्दै आएका सुरेश नागरी घर जग्गा पाउँदा निकै खुशी देखिनुभयो । उहाँले भन्नुभयो, “बास पाइयो । अब जागिर चाहियो ।” अधिकांश मुक्तहलिया परिवारले घर निर्माण गरे पनि केही परिवारले भने आर्थिक अभावका कारण घर बनाउन सकेका छैनन् । “सरकारले उपलब्ध गराएको रकममा घर बनाउन सकिन्न”, मोहन दमाईंले भन्नुभयो । पुनःस्थापनमा परेका मुक्तहलिया परिवारले बालबालिकालाई पढाउन विद्यालय, रोजगार, विद्युत् र खानेपानीको माग गरेका छन् ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया