म्यादीमा १ वडा १ हेलिप्याड

राकेश शर्मा
म्याग्दी
म्याग्दीमा १ वडा १ हेलीप्याड निर्माण गरिँदै छ । मालिका गाउँपालिकाका सबै वडामा हेलीप्याड बनेका छन् । भौगोलिक रुपमा विकट म्याग्दीमा १ वडा १ हेलीप्याड’ निर्माण अभियान सञ्चालन गरिएकोमा मालिका गाउँपालिकाको सबै ७ ओटै वडामा हेलीप्याड बनाएको हो । मालिका देशमै पहिलो हेलीप्याड युक्त गाउँपालिका बनेको छ ।
हालसम्म मालिकामा ७, मंगलामा ३, रघुगंगा ३ र बेनी नगरपालिकामा ३ वटा नयाँ हेलिप्याड बनेकोे म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । ‘म्याग्दी अब हिमाली जिल्ला पनि भयो । त्यसमा म्याग्दी भौगोलिक हिसाबले समेत निकै जोखिमपूर्ण जिल्ला हो’, उनले भने, ‘हामीले गाउँ गाउँमा हेलीप्याड निर्माणलाई तीव्रता दिएका छौं ।’
अन्नपूर्ण गाउँपालिकामा ३ र धौलागिरीमा १ वटा पुराना हेलीप्याड सञ्चालनमा छन् । प्रकोपका घटना घटेमा, सुत्केरी र आकस्मिक बिरामीलाई तत्कालै उद्दार गरी अस्पताल पु¥याउन जिल्लामा हेलीप्याड अभियान सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विपद् व्यवस्थापनमा खोज, उद्दार र राहत वितरणलाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समितिमार्फत ‘एक वडा, एक हेलिप्याड’ निर्माण अवधारणा अगाडि सारिएको छ ।
हेलीप्याड निर्माणमा स्थानीय तह, नेपाली सेना र सशस्त्र प्रहरीले सहयोग गरेका छन् । आगामी ३ वर्षभित्र जिल्लाका ४५ ओटै वडामा हेलीप्याड बनाउने गरी अभियान थालिएको छ । १ नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दी जिल्ला नदी कटान, बाढीपहिरो, भूक्षय, आगलागी, हिमपहिरो, सडक दुर्घटनाका हिसाबले जोखिमपूर्ण मानिन्छ ।








अन्नपूर्ण बेसक्याम्पमा सञ्चार विच्छेदको सास्ती : मन्त्री खरेलद्वारा तत्काल टावर राख्ने प्रतिबद्धता
सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौं टुर दी पोखरा’को तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया