पलिस्था र राहुल सम्मानित

समाधान संवाददाता
काठमाडौं
राष्ट्रिय मुवाथाइ संघ नेपालले १६ औं मुवाथाइ विश्व च्याम्पियनसिपमा पदक जित्न सफल आफ्ना खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । थाइल्यान्डको बैंककमा मार्च १२ देखि २० तारिखसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण र १ कांस्य जितेको थियो । पलिस्थाले १५ हजार तथा राहुलले १० हजार नगद पुरस्कारसहित प्रशंसा पत्रबाट सम्मानित भए ।
महिला क्याडेट ३० केजीमा पलिस्था कक्षपतिले नेपाललाई स्वर्ण दिलाएकी थिइन् । पलिस्थाले भारतकी खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । राहुलले पुरुष ५७ केजीमा कांस्य जितेका थिए । ब्राजिलका खेलाडीलाई हराउदै राहुल सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा उज्वेकिस्तानका खेलाडीसंग चुकेपछि राहुल कांस्यमै सीमित भए ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, मुवाथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले एक कार्यक्रमबीच सम्मान गरे । सदस्य–सचिव विष्टले पदक विजेता खेलाडीलाई राखेपले पनि चाँडै नगदसहित सम्मान गर्ने प्रतिबद्धता जनाए ।









शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कांग्रेस विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी, मधेसबाट सबैभन्दा बढी
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया