मुस्ताङको छैरोमा फेरी जमिन भाँसियो

सुन्दरकुमार थकाली,मुस्ताङ
कमजोर धरातलिय स्वरुप रहेको मुस्ताङको घरपझोङ गाउँपालिका १ छैरो क्याम्प नजिकै पश्चिमतर्फ कालिगण्डकी नदी किनारमा अवस्थित खेतियोग्य जमिन सोमबार बिहान भाँसिएको छ । जलश्रोत तथा सिचाई बिकास सवडिभिजन कार्यालय मुस्ताङले डोजर लगाई आवश्यक तटबन्ध निर्माण गर्ने क्रममा जमिन भाँसिएको जनाईएको छ । गत माघ ९ गते उक्त स्थानमा सुख्खा पहिरो जाँदा कालिगण्डकी नदी थुनिदा त्यहाँका केही घरहरु जोखिममा परेका थिए ।
स्थानीय प्रशासन र स्थानीयबासीको सहयोगमा कालिगण्डकी खुलाईएको थियो । सुख्खा पहिरो जादाँ नदी किनारामा अवस्थित करिव ५ मिटर आसपासका खेतियोग्य जमिन पहिरोले बगाएको थियो । जमिन सुरक्षित गर्न हुर्काईएका सल्ला धुपीका रुख सबै बगाएको थियो । छैरो क्याम्प तथा नदी किनाराका जमिन संरक्षणका लागि जलश्रोत तथा सिचाई बिकास सवडिभिजन कार्यालयले तटबन्ध निर्माणका लागि बजेट बाँडफाँट गरी नदी नियन्त्रणको काम सुरु गरिएको हो ।
अहिले तटबन्धका लागि डोजर लगाई काम सुरु गर्दा जमिन भाँसिन थालेको शितोष्ण बागवानी बिकास अधिकृत काशिराम पाण्डेले जानकारी दिए । उनका अनुसार डोजर लगाइ ग्याबिन लगाउने ट्रयाक बनाउने क्रममा भाईब्रेशनका कारण जमिन भाँसिएको हुन सक्ने अधिकृत पाण्डे अड्कल छ । कार्यालयले शुक्रबारबाट तटबन्ध निर्माणको काम थालेको जनाईएको छ ।प्रदेश सरकारद्धारा बिनियोजित २ करोड ३५ लाख बजेट मध्येबाट त्यहाँ काम भईरहेकोमा जमिन भाँसिदा तटबन्धको काम रोकिएको जनाईएको छ ।
छैरो क्याम्पको नदी किनारामा जमिन भाँसिदाँ शितोष्ण बागवानी बिकास केन्द्रको एक बिल्डिङ उच्चजोखिममा परेको छ भने,बागवानीकै त्यहा अवस्थित स्वास्थ्यचौकी भवनको शौचालय भाँसिएकार स्वास्थ्य भवन समेत जोखिममा परेको वागवानी अधिकृत पाण्डेले जानकारी दिए ।
निर्माणधिन तटबन्ध स्थल छैरोमा सुख्खा पहिरो गएपछि प्रमुख जिल्ला अधिकारीसहित,जिल्ला स्थित सुरक्षाकर्मी तथा जनप्रतिनिधिको एक टोली पहिरो स्थलमा पुगेको सहायक प्रमुख जिल्ला अधिकारी बिश्वेश्वर रेग्मीले जानकारी दिए ।
टोलीले क्षतिको लगत तयार गर्ने लगायत बस्ती तथा जमिन संरक्षणका लागि बिकल्प खोज्ने जनाईएको छ ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया