प्रदेश २ मा एसईईको विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परिक्षा रद्द

समाधान संवाददाता, काठमाडाैं
प्रदेश २ मा एसईई परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएपछि माध्यमिक शिक्षा परीक्षा अन्तर्गत बिहीबार हुने विज्ञान विषयको परीक्षा रद्द गरिएको छ ।
बुधबार राति ११ बजेतिर भाइबर, इमो, ह्वाट्सएप आदि सामाजिक संजालबाट प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए । ‘प्रदेश २ भरी नै विज्ञान विषयको परीक्षा रद्द हुन्छ’ उनले भने ।
बुधबार राति सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरिएको थियो । बिहीबार परीक्षा भएपछि जिल्ल परीक्षा समन्वय समितिले जिल्लाको परीक्षा रद्द गर्ने निर्णय गरेको थियो । रद्द भएको परीक्षा चैत २२ गते गरिने उनले बताए ।
प्रदेशभरी नै एउटै प्रश्नपत्र हुने भएकाले प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाकै विज्ञान विषयको परीक्षा रद्द गरिएको हो ।








भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया